सुनसरीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सुनसरी । सुनसरीको कोसी गाउँपालिका-४ मा स्कारपियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका-२ का २८ वर्षीय अमरलाल साहको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र ०६-००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा चालक साह र पछ...




























