कोशीलाई नेपालको ‘फेसन हब’ बनाउने सपना बुन्दै विराटनगरका रोनक अग्रवाल 

कोशीलाई नेपालको ‘फेसन हब’ बनाउने सपना बुन्दै विराटनगरका रोनक अग्रवाल 

विराटनगर । विराटनगरका रोनक अग्रवाल, जो सानैदेखी फेसनमा रूची राख्दथे । जुन सपना बुनेका थिए, त्यसैलाई पछ्याउँदै मेहनत गर्दै जाँदा आज उनले ठूलो फड्को मार्न सफल भएका छन् । उनको अर्को उपलब्धि भनेको पुनः मिस्टर नेपालको कोशी प्रदेश क्षेत्रीय निर्देशकमा नियुक्त हुनुपनि हो । यहाँसम्म आउनुमा उनको संघर्ष पनि कम छैन । सन् २०१५ मा पहिलोपटक एक स्थानीय सौन्दर्य प्रतियोगितामा फेसन इभेन्ट म्यानेजरको रूपमा पहिल...
लेगुवाको २५० वर्ष पुरानो नागेश्वर महादेव मन्दिर ओझेलमा

लेगुवाको २५० वर्ष पुरानो नागेश्वर महादेव मन्दिर ओझेलमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवामा अवस्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर ओझेलमा परेको छ । धार्मिक आस्था तथा नेपालको इतिहाससँग जोडिएको उक्त मन्दिर प्रचार-प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको हो ।  पूर्वका पिण्डेश्वर, बराहक्षेत्र लगायतका समकालीन मन्दिर चर्चामा रहेपनि यो मन्दिरमा भने चहल-पहल पनि कम हुँदै गएको छ । स्थानीयका अनुसार २०५० सालसम्म यो मन्दिरमा भक्तजनहरूको बाक्लो चहल-प...
झापामा हायसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा हायसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । झापामा हायस गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका-१ का ३८ वर्षीय रामबहादुर भुजेल छन् । बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पूर्व–पश्चिम राजमार्गमा गम्भीर अवस्थामा फेला परेका उनलाई विर्तासिटी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले बा ५ ख ६८०३ नम्बरको हायससहित चालक मकवानपुर थाहा नगरपालिका-७ का २७ वर्षीय रोशन तामाङलाई काँक...
रंगेलीमा मामाघर आएका बालकको पोखरीमा डुबेर मृत्यु

रंगेलीमा मामाघर आएका बालकको पोखरीमा डुबेर मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-९ मा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका-६ दादरबेरियाका १० वर्षीय प्रशान्त विश्वकर्मा छन् । उनको आज दिउँसो मृत्यु भएको हो । प्रहरीका अनुसार प्रशान्त रंगेली-९ बेलचोकस्थित मामाघरमा गएका थिए । उनलाई मामाघरनजिकैको सुवास राजवंशीको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो २ बजेतिर फेला पारेर स्थानीयले उपचारका लागि रंगेली अस्पताल लगेका थ...
कोशीमा ७७ प्रतिशत बजेट खर्च, भौतिक पूर्वाधारमा सबैभन्दा बढी

कोशीमा ७७ प्रतिशत बजेट खर्च, भौतिक पूर्वाधारमा सबैभन्दा बढी

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७७.२६ प्रतिशत बजेट मात्रै खर्च गर्न सफल भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको विवरण अनुसार कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेटमा २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो । पूँजीगततर्फ विनियोजित बजेटको ७९.२६ प्रतिशत अर्थात १३ अर्ब ८२ करोड रुपैयाँ खर्च गर्दा चालुतर्फ ७५.२९ प्रतिशत १२ अर्ब ४२ करोड रुपैयाँ मात्र...
झापा दुर्घटना अपडेट : तीन वर्षीय बालकको पनि मृत्यु

झापा दुर्घटना अपडेट : तीन वर्षीय बालकको पनि मृत्यु

विराटनगर । झापाको बाह्रदशी गाउँपालिका-१ मा स्कुटर र मोटरसाइकल दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । तीन वर्षीय आयुष राजवंशीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो । यसअघि स्कुटर चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारतको किशनगंजका २५ बर्षीय सुरज टुडुको मृत्यु भएको थियो । आयुश श्रीप्रसादका नाति हुन् । दुर्घटनामा घाइते भएकी श्रीप्रसादकी...
सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ यादव टोलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगञ्ज-२ का २० वर्षीय प्रकाश यादव र देवानगञ्ज-७ का १९ वर्षीय धिरज यादव छन् । उनीहरूलाई बुधबार राति पाँच किलो गाँजासहित पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रकाशको घर खानतलासी गर्दा मकैको ढोडसहित बोरामा रा...
सुनसरीमा टिकटकबाट अफवाह फैलाउने युवक पक्राउ

सुनसरीमा टिकटकबाट अफवाह फैलाउने युवक पक्राउ

विराटनगर । सामाजिक संजाल टिकटकमार्फत अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ नहरचोकका २२ वर्षीय साहिल अंसारी छन् । घृणित र अपमानजनक अश्लिल शब्द प्रयोग गर्दै समाजमा सम्भावित धार्मिक हिंसा भड्काउने भिडियो बनाई सामाजिक संजाल टिकटक लगायतमा सम्प्रेषण गरेपछि उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । उनलाई कोशी गाउँपालिका-३ जमुवाबाट पक्राउ गरिएको...
मोरङको धनपालथानमा उखुबारीबाट २६ बोरा गाँजा बरामद

मोरङको धनपालथानमा उखुबारीबाट २६ बोरा गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार उखुबारीबाट २६ बोरा गाँजा बरामद भएको हो ।  गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको संयुक्त टोलीले बुधबार साँझ गाँजा बरामद गरेको हो ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार गाँजा तौल गर्...
मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङका एक जना बन्दीको मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार जबरजस्ती करणी मुद्दाका बन्दी विराटनगर महानगरपालिका-५ घर भएका ४० वर्षीय सन्तोष पालको मृत्यु भएको हो । कारागारका जेलर गौरव ढुंगेलका अनुसार पाललाई जरबजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गते कारागार चलान गरेको थियो । उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा बुधबार साँझ ६ः२५ बजेतिर मृ...
धनकुटाका एक व्यक्‍तिद्वारा आत्मदाह प्रयास

धनकुटाका एक व्यक्‍तिद्वारा आत्मदाह प्रयास

धनकुटा । धनकुटामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । धनकुटा नगरपालिका-४ देब्रेवासका ४० वर्षीय पुरुषले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका उनलाई श्रीमतीले देखेपछि आगो निभाएकी थिइन् । उनको अनुहार, छाती र ढाड जलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनको शरीरको करिब १७ प्रतिशत भाग डढे...
झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते

झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते

विराटनगर । झापामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । आज दिउँसो राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालक झापाको कचनकवल गाउँपालिका–-३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालकको मृत्यु भएको ...
तेह्रथुमका किसान व्यवसायिक सिस्नु खेतीमा आकर्षित 

तेह्रथुमका किसान व्यवसायिक सिस्नु खेतीमा आकर्षित 

विराटनगर । तेह्रथुमका किसानले व्यवसायिक रूपमा सिस्नु खेती थालेका छन् । सिस्नुको माग बढेपछि लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनमा यसको व्यवसायिक खेती सुरु गरिएको हो । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १...
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोरङका राजवंशीको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोरङका राजवंशीको मृत्यु

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका-२ का ३२ वर्षीय अनिल राजवंशी छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार साँझ को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका राजवंशीको विराट टिचिङ अस्पताल बुढीगंगामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले...
खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

विराटनगर । अविरल वर्षाका कारण अवरुद्ध बनेका मेची र सिद्धिचरण राजमार्ग सुचारु भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ मा माथिबाट झरेको पहिरोले मंगलबार साँझ राजमार्ग अवरुद्ध भएको थियो । ओखलढुंगाका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर विजय कार्कीले पहिरो पन्छाएर बिहानैदेखि सवारी-साधन आवागमन सुचारु गरिएको जानकारी दिए । पहिरोका कारण रोकिएका सवारी गन्तव्यतर्फ गइसकेका कार्कीले संगालोखबरलाई जानकारी दि...
झापामा सामूहिक आक्रमणबाट २२ वर्षीया युवतीको मृत्यु

झापामा सामूहिक आक्रमणबाट २२ वर्षीया युवतीको मृत्यु

विराटनगर । झापामा सामूहिक आक्रमणमा परेकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-४ भाङवारीकी २२ वर्षीया गंगा राई छन् । उनी हाल अर्जुनधारा-८ शनिश्चरे क्याम्पस नजिक डेरा बस्दै आएकी थिइन् । घटना मंगलबार रातिको हो । भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ वैकुण्ठे घर भइ हाल अर्जुनधारा-७ मा बस्ने सुस्मिता भुसालले आफ्नो पति रमेश भुसाल गंगाको कोठामा गएको भन्दै टोलका महिलाहरूलाई बोलाए...
सुनसरीबाट गाँजासहित एक जना पक्राउ

सुनसरीबाट गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको आमचोक गाउँपालिका-८ का २१ वर्षीय अंकित मगर छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनले बोकेको जेब्रा झोलाबाट ९ किलो ५ सय ग्राम गाँजा बरामद भएको छ । उनलाई इलाक...
सरकारी मोटरसाइकलमा लागूऔषध, धनकुटाबाट कर्मचारी पक्राउ

सरकारी मोटरसाइकलमा लागूऔषध, धनकुटाबाट कर्मचारी पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-७ स्थित जीरोप्वाइन्टबाट सरकारी मोटरसाइकलमा सवार एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन् । मंगलबार दिउँसो करिब २ बजे पाख्रीबास नगरपालिकामा कार्यरत कर्मचारी मिगुर शेर्पा लागूऔषधसहित पक्राउ परेका हुन् । पाख्रीबास नगरपालिका-४ घर भएका शेर्पा हाल नगरपालिकामा स्थायी कर्मचारी हुन् । उनी एसिस्टेन्ट सब इन्जिनियरका रूपमा पाख्रीबास नगरपालिकामा कार्यरत रहेको खुलेको छ । धनकुटाको फ...
सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु

सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-८ रणेमका मिङ्मार तामाङ छन् । थुलुङदुधकोशी गाउँपालिका-१ नेले र वडा नम्बर ६ को सिमानामा रहेको सिखुखोलामा आएको बाढीले बा ९४ प ३०९९ नम्बरको मोटरसाइकल बगाएको थियो । मंगलबार साँझ नेलेमा रहेको मोबाइल पसलबाट घर फर्किँदै गर्दा सिखुखोलामा आएको बाढीका कारण ३६ वर्षीय तामाङको मृत...
धनकुटाको पाख्रीबासका युवाको लडेर मृत्यु 

धनकुटाको पाख्रीबासका युवाको लडेर मृत्यु 

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-६ का एक युवकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा  ३२  वर्षीय दीपक रोक्का छन् । पाख्रीबास नगरपालिका-८ स्थित घामेमा रहेको खेतमा काम गर्न असार २२ गते उनी घरबाट हिँडेका थिए । केही दिनदेखि सम्पर्क विहीन भएका उनलाई आफन्तले खोजी गर्दा आज बिहान ९ बजे पाखाबाट करिब १० मिटर तल लडेको अवस्थामा भेटेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि अस्पताल लैजाने...
विराटनगरमा बुधबार र बिहीबार कोरोना विरुद्धको खोप अभियान 

विराटनगरमा बुधबार र बिहीबार कोरोना विरुद्धको खोप अभियान 

विराटनगर । विराटनगर महानगरपालिकाले भोलि बुधबार र बिहीबार कोरोना भाइरस विरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्न थालेसँगै महानगरपालिकाले ५५ वर्षमाथिका सबै र १२ वर्षमाथिका दीर्घरोगीलाई खोप लगाउने जनाएको छ । यसैगरी हालसम्म खोप नलगाउने, बुस्टर डोज नलगाउने र प्रत्यक्ष जनसम्पर्क हुने स्थानमा कार्यरत राष्ट्रसेवक कर्मचारी र अन्य जोखिममा ...
उदयपुरको त्रियुगा नदीमा बेपत्ता युवक मृत भेटिए

उदयपुरको त्रियुगा नदीमा बेपत्ता युवक मृत भेटिए

विराटनगर । उदयपुरको त्रियुगा नदीमा बेपत्ता भएका युवक मृत भेटिएका छन् । चौदण्डीगढी-५ स्थित त्रियुगा नदीको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका चौदण्डीगढी-६ कालीखोलाका ३० वर्षीय सुरज राईको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार सोमबारदेखि नै उनको खोजी भइरहेको थियो । प्रहरीका अनुसार उनी सोमबार साथीहरूसँग नुहाउन गएका थिए । सोही क्रममा उनी माछा मार्ने क्रममा बेपत्ता भएका...
मोरङको धनपालथानबाट २५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

मोरङको धनपालथानबाट २५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-२ पैटामबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अररिया जिल्ला पँहुसी ग्राम पंचायत-२ का २२ वर्षीय मोहमद इर्साद छन् । सोमबार राति करिब ८ः३० बजेको समयमा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३८ क्यू ५६८६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । उनका अनुसार इर्सा...
मोरङमा दाजु-भाइको अंश विवादमा देवरले गरे भाउजूको हत्या

मोरङमा दाजु-भाइको अंश विवादमा देवरले गरे भाउजूको हत्या

विराटनगर । मोरङमा दाजु-भाइबीचको अंश विवाद हुँदा देवरले हँसिया प्रहार गरेर भाउजूको हत्या गरेका छन् । रतुवामाई नगरपालिका-६ का ६९ वर्षीय टंकबहादुर बस्नेतले ६० वर्षीया भाउजू टीकामाया कार्की बस्नेतको हत्या गरेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार असार २१ गते शनिबार दिउँसो ४ बजे गणेशबहादुरकी श्रीमती टीकामाया आफ्नै बारीमा मृत फेला परेको सूचना आएको थियो । सोही सूचनाका आधारमा इल...
धनकुटाको महालक्ष्मीमा व्यवसायिक तरकारी खेती, वार्षिक २० लाखसम्म आम्दानी

धनकुटाको महालक्ष्मीमा व्यवसायिक तरकारी खेती, वार्षिक २० लाखसम्म आम्दानी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-१ घुमाउने र चित्रेका किसानले व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेतीबाट यहाँका किसानले वार्षिक २० लाखसम्म आम्दानी गर्न थालेका हुन्। यहाँका धेरैजसो कृषक पछिल्लो समय व्यवसायिक तरकारी खेतीतर्फ जुटेका छन् । उनीहरूले तरकारी खेतीबाट नै घरखर्च चलाउने गरेका छन् भने बचेको पैसा बचत गर्दै आएका छन् । चित्रे र घुमाउने लग...
विराटनगरमा सुनचाँदी व्यवसायीको प्रदर्शन

विराटनगरमा सुनचाँदी व्यवसायीको प्रदर्शन

विराटनगर । मोरङ र सुनसरीका सुनचाँदी व्यवसायीहरूले आन्तरिक राजश्व कार्यालय विराटनगर अगाडि धर्ना दिएका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुनचाँदी व्यवसायीहरूले धर्ना दिएका हुन् । सुनचाँदी व्यवसायीहरू तीन सातायता पसल बन्द गरेर सडकमा उत्रिएका छन् । व्यवसायीहरूले पहिलो चरणमा कर खारेजीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली  र अर्थमन्त्री...
कोशीमा २९ प्रतिशत रोपाइँ

कोशीमा २९ प्रतिशत रोपाइँ

विराटनगर । समयमा वर्षा नहुँदा कोशी प्रदेशमा गतवर्षको तुलनामा कम रोपाइँ भएको छ । गतवर्ष यही अवधिमा ३४.४३ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष २९.५४ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका अनुसार कुल धानखेती हुने क्षेत्रफलमध्ये उच्च पहाडी क्षेत्रमा २५.५०, मध्य पहाडी क्षेत्रमा ४१.८७ र तराइ क्षेत्रमा २५.५४ प्रतिशत रोपाइँ भएको छ । कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमा धानखेती हुने...
भोजपुरमा युवतीमाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

भोजपुरमा युवतीमाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

विराटनगर । भोजपुरको पौवादुङ्मा गाउँपालिका-३ मा एक २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राई छन् । युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गएराति पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले ज...
झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका-३ का ३९ वर्षीय रोशन जीमीको मृत्यु भएको हो । आइतबार साँझ घर नजिकै रहेको खेतमा पैनीबाट मोटरले पानी तानेर लगाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्ध...
सञ्चारकर्मी सहकारीद्वारा चार पत्रकार पुरस्कृत हुने

सञ्चारकर्मी सहकारीद्वारा चार पत्रकार पुरस्कृत हुने

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकार पुरस्कृत हुने भएका छन् । आइतबार बसेको कार्यसमितिको बैठकले हरेक वर्ष असार २७ गते स्थापना दिवसका अवसरमा प्रदान गरिने पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरूको नाम टुङ्गो लगाएको हो । पुरस्कार दातासहितको परामर्श एवं पुरस्कार छनोट समितिको सिफारिसको आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुङ्गो लगाएको सहकारीका अध्यक्...
विराटनगरमा सडक डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

विराटनगरमा सडक डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको मधुबन-१ का २४ वर्षीय अरबिन यादव छन् । प्रहरीका अनुसार ढाटबाट कन्चनबारीतर्फ आउँदै गरेको को ३७ प २६४ नम्बरको मोटरसाइकल आज बिहान ४ः३५ बजे विराटनगर-३ आयल निगममा आफैँ अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा बि...
error: Content is protected !!