धरानबाट गाँजासहित दुई जना पक्राउ

धरानबाट गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-७ का २४ वर्षीय सुरेश खत्वे र इटहरी-८ का २० वर्षीय तुलसी पासवान छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार सोमबार साँझ धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको बस चेकजाँच गर्दा गाँजा फेला परेको हो । बसको डिकीमा दुई वटा झोलामा लु...
जबरजस्ती करणीपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई जन्मकैद

जबरजस्ती करणीपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई जन्मकैद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ मा बलात्कारपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई आजीवन कैद हुने भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार २२ वर्षीय अनिष सरदारलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४१ अन्तर्गत जन्मकैदको फैसला गरेको हो । सरदारले बलात्कारपछि भतिजी ७ वर्षीया आत्तिका सरदारको हत्या गरेका थिए । घटना लुकाउनलाई हत्या गरेर फालेको अवस्थाम...
सुरुङभित्र करेन्ट लाग्दा अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

सुरुङभित्र करेन्ट लाग्दा अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका-२ का ४० वर्षीय करणधर पौडेल छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई चिचिला गाउँपालिका-३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थ...
स्वास्थ्य संस्थालाई ७ दिनभित्र मापदण्ड पूरा गर्न स्वास्थ्य मन्त्रालय कोशीको निर्देशन

स्वास्थ्य संस्थालाई ७ दिनभित्र मापदण्ड पूरा गर्न स्वास्थ्य मन्त्रालय कोशीको निर्देशन

विराटनगर । कोशी प्रदेशमा सञ्चालित विभिन्न गैरसरकारी, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूलाई मापदण्ड पूरा गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय कोशीले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले सात दिनभित्र मापदण्ड पूरा गर्न निर्देशन दिएको हो । मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रामहरि रेग्मीले जारी गरेको सूचनामा तोकिएको समयमा मापदण्ड पूरा नगरेको खण्डमा जनस्वास्थ्...
सप्तकोसी नदीमा नुहाउन पसेका एक बालक बेपत्ता

सप्तकोसी नदीमा नुहाउन पसेका एक बालक बेपत्ता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोसी नदीमा नुहाउन पसेका बालक बेपत्ता भएका छन् । भोक्राहा नरसिंह गाउँपालिका-१ का ११ वर्षीय दीपेश मेहता नदीमा बेपत्ता भएका हुन् । तीन जनासँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएका र दीपेश बेपत्ता भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाको भनाइ छ । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ । हालसम्म उनीलाई फेला...
धनकुटाको चौबिसेबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटाको चौबिसेबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-५ मानेडाँडाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सौगात मगर छन् । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान लागूऔषधसहित नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा ट्रामोल ९२ गोटी र डाइस...
सुनसरीमा करेन्ट लागेर ७२ वर्षीय वृद्धको मृत्यु

सुनसरीमा करेन्ट लागेर ७२ वर्षीय वृद्धको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-८ मा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीय तिलक चौधरी छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार आइतबार राति साउण्ड सिस्टममा चुँडिएको तार मर्मत गरेर प्लकमा जोड्ने क्रममा करेन्ट लाग्दा वृद्धको घटनास्थलमै मृत्यु भएको हो ।  मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । घटन...
उदयपुरमा भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

उदयपुरमा भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

उदयपुर । उदयपुरमा भ्यानले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका-७ चुहाडेकी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको हो । आइतबार कटारीबाट गाईघाट आउँदै गरेको बा. प्र. ०८-००१ ज ००७१ नम्बरको भ्यानले वृद्धालाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्र...
तेजाब खाएका धरानका पुरुषको उपचारका क्रममा मृत्यु

तेजाब खाएका धरानका पुरुषको उपचारका क्रममा मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-७ का ४४ वर्षीय सरोज विकको तेजाब सेवनबाट मृत्यु भएको छ । असार २३ गते घरको धारा सफा गर्न राखेको तेजाब खाएर बिक सिकिस्त भएका थिए । उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । उनले मादक पदार्थ सेवन गरेर तेजाब खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तेजाब खाएर सिकिस्त भएका विकलाई सुरुमा बीपी कोइरा...
इटहरीको ट्यांग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेका दुई बालकको मृत्यु

इटहरीको ट्यांग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेका दुई बालकको मृत्यु

विराटनगर । सुनसरी इटहरी उपमहानगरपालिका-३ स्थित ट्यांग्रा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी-३ कल्याण चोकका ९ वर्षीय दीपसन चौधरी र इटहरी-२ का ९ वर्षीय क्रिश्वास लिम्बुको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू आज दिउँसो पौडी खेल्ने क्रममा डुबेका थिए । खोलामा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराट शिक्षण अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको...
कान्तिपुरका नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरण

कान्तिपुरका नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरण

विराटनगर । विराटनगर-१० मा रहेको कान्तिपुर माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । आज सिटी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले विभिन्न संकायमा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण प्रदान गरेको हो । विद्यालयका अनुसार होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन संकायतर्फ एक हजार ६५ जना विद्यार्थी भर्ना भएका छन् । कार्यक्र...
हेवा खोलामा पानीको सतह बढ्दा मेची राजमार्ग अवरुद्ध

हेवा खोलामा पानीको सतह बढ्दा मेची राजमार्ग अवरुद्ध

विराटनगर । पाँचथरको हेवा खोलामा पानीको सतह बढेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोलामा पानीको सतह बढेपछि सवारीसाधन आवत-जावत ठप्प भएको हो । ‘पानीको सतह क्रमशः घट्दै छ । पानीको बहाव पूर्णरूपमा घटेको छैन’, पाँचथरका प्रहरी प्रवक्ता रूपेश तामाङले संगालोखबरसँग भने, ‘क्षति भएको ठाउँमा जेसीबीको माध्यमबाट मर्मत गर्ने काम भइरहेको छ । तर सवारीस...
नोबेलमा १५ वर्षीय बालकको आन्द्राबाट निकालियो कैँची 

नोबेलमा १५ वर्षीय बालकको आन्द्राबाट निकालियो कैँची 

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक बालकको आन्द्राबाट कैँची निकालेको छ । अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई नेतृत्वको चिकित्सकहरूको टोलीले ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरेर कैँची निकालेको हो । अस्पतालका अनुसार उदयपुरका एक १५ वर्षीय बालकले खेल्ने क्रममा कैँची निलेका थिए । कैँची निलेपछी बालकलाई आफन्तले गम्भीर अवस्थामा न...
सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा सोही स्थानका ३५ वर्षीय पारस यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार को ३४ प ५१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल प...
धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी

धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी

धनकुटा । धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार पर्याप्त वर्षा नहुँदा रोपाइँ कम भएको हो । धनकुटामा चार हजार नौ सय ३८ दशमलब ८९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमध्ये दुई हजार छ सय १७ दशमलव ६१ हेक्टर क्षेत्रफल अर्थात ५३ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार अझै दुई हजार तीन सय २१ दशमलव २८ हेक्टर क्षेत्रफल अर्थात ४७ प्रतिशत रोपा...
पहिरोले रवि-राँके-भेडेटार सडक खण्ड अवरुद्ध

पहिरोले रवि-राँके-भेडेटार सडक खण्ड अवरुद्ध

धनकुटा । अबिरल वर्षाका कारण पहिरो खस्दा रवि-राँके-भेडेटार सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान करिब ६ः२० बजे धनकुटाको साँगुरीगढी गाउँपालिका-५ लुम्फाकुङमा खसेको पहिरोले निर्माणधीन रवि-राके-भेडेटार सडक खण्ड अवरुद्ध भएको हो । प्रहरीका अनुसार सडकमाथिबाट खसेको पहिरोले दुबैतर्फ सडक अवरुद्ध भएको छ । डाँडाबजारबाट खटिएको प्रहरी टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ । यस्तै चौबिसे गाउँपालिका-४ स्थित निर्मा...
कोशी र गण्डकी प्रदेशमा भारी वर्षा

कोशी र गण्डकी प्रदेशमा भारी वर्षा

विराटनगर । कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ । धनकुटाको मूलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरान, इलामको माईपोखरी, कास्कीको लुम्लेलगायतका क्षेत्रमा भारी वर्षा भएको हो । सुनसरीको सर्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । त्यस्तै कास्कीको लुम्ले क्षेत्रमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतको मोदी खोला जलमापन ...
सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार इटहरी-२० मा प्रदेश २-०१-००३ प २७२८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा सिरहाको लाहान-८ का ५० वर्षीय विमल कुमार साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी भोक्राहा नरसिं...
धनकुटाको कागियोघारी सामुदायिक वनमा वृक्षरोपण

धनकुटाको कागियोघारी सामुदायिक वनमा वृक्षरोपण

धनकुटा । धनकुटा नगरपालिका-६ बाघेखोला स्थित कागियोघारी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहले विभिन्न प्रजातिका तीन सय बढी बिरुवा रोपेको हो । सामुदायिक वनमा रहेको पानीको मुहान संरक्षणका गर्ने उद्देश्यसहित बिरुवा रोपिएको जनाइएको छ । वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद मिश्रका अनुसार पछिल्लो समय पानी नपरेका कारण पानीका मुहान सुक्न थालेपछी मुहान संरक्षणका लागि वृक्षरोप...
धनकुटाबाट फरार प्रतिवादी पक्राउ

धनकुटाबाट फरार प्रतिवादी पक्राउ

धनकुटा । धनकुटाबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-५ बोधेका ५० वर्षीया प्रेमबहादुर जोगी छन् । २०८१ मंसिर २९ गते जिल्ला अदालत धनकुटाले जोगीविरुद्ध हातहतियार खरखजना मुद्दामा तीन महिना २९ दिन कैद र सात हजार रुपैयाँ जरिवाना तोकेको थियो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज पक्राउ परेका उनलाई भोलि अदालतमा उपस्थित गराउने तयारी छ ।
वैदेशिक रोजगारीमा गएको दुई महिनामै बाकसमा फर्किए इलामका लेखनाथ

वैदेशिक रोजगारीमा गएको दुई महिनामै बाकसमा फर्किए इलामका लेखनाथ

इलाम । वैदेशिक रोजगारीका लागि दुबई गएको दुई महिनामै इलामको सूर्याेदय नगरपालिका-७ गोगनेका ३५ वर्षीय लेखनाथ खतिवडाको निधन भएको छ । पारिवारिक आर्थिक अवस्था सुधारको सपना बोकेर विदेश गएका उनी पुगेको एक महिनामै बिरामी परेका थिए । खतिवडा गत जेठ ५ गते मात्रै दुबईस्थित ‘एफजेठ मास्ट इन्जिनियरिङ कम्पनी’मा काम गर्न पुगेका थिए । तर उनी असार ८ गतेदेखि एक्कासि सिकिस्त बिरामी भए । सुरुमा सेतो रक्तकोषको असामान...
सुनसरीबाट ब्राउन सुगरसहित २१ वर्षीया युवती पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित २१ वर्षीया युवती पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ भन्सार रोडबाट लागूऔषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका-९ की २१ वर्षीया प्रतीक्षा कुमारी राय छिन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनको साथबाट एक ग्राम ब्राउन सुगर बरामद भएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर आवश्यक अनुसन्धान स...
छथर जोरपाटीमा वडाको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर किर्ते

छथर जोरपाटीमा वडाको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर किर्ते

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ को लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर दुरुपयोग गरी नक्कली सिफारिस पत्र बनाएको पाइएको छ । घरबाटो प्रमाणित सिफारिसमा स्थानीय मेघराज खतिवडाले वडाको नक्कली लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको हो । काँग्रेसका स्थानीय नेता समेत रहेका खतिवडाले घरबाटो प्रमाणित गर्न जग्गामा बाटो र घर नभएको उल्लेख गरी नक्कली सिफारिस प...
सुनसरीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-६ मा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक रामधुनी-५ का ५० वर्षीय गणेश राजधामीको मृत्यु भएको हो । बिहीबार साँझ चतराबाट इटहरीतर्फ आउँदै गरेको को १४ प ४५८ नम्बरको स्कुटरलाई बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको को ३७ प ३८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका राजधामीको उ...
कोशीका १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना

कोशीका १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना

विराटनगर । कोशी प्रदेशमा १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ । पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले साउन १ गतेबाट १४ वटै जिल्लामा पूर्वाधार कार्यालयहरू स्थापना गरेको हो । सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यालय उद्‌घाटन गरेका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको कामलाई प्रत्यक्ष रूपमा जनताला...
धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-६ सुकेआलबाट शुक्रबार लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि-५ का २३ वर्षीय सुवास राई छन् । प्रहरीले उनको साथबाट २ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रदेश १-०१-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई शङ्का लागेर चेकचाँज गर्दा लागूऔषध फेला परेको हो । पक्राउ...
सुनसरीबाट तीन सय किलो बेवारिसे गाँजा बरामद

सुनसरीबाट तीन सय किलो बेवारिसे गाँजा बरामद

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-७ क्वाटर डाँडाबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । बिहीबार दिउँसो विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बाँसको झ्याङमा लुकाएको अवस्थामा गाँजा बरामद गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार १० वटा पोकामा फेला परेको गाँजाको तौल तीन सय किलो छ । बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ । बेवारिसे अवस्थामा फेला परेको ...
मोरङ अदालत : मुद्दा फछर्यौटमा सुधार, एक वर्षमा ६ प्रतिशत वृद्धि 

मोरङ अदालत : मुद्दा फछर्यौटमा सुधार, एक वर्षमा ६ प्रतिशत वृद्धि 

विराटनगर । मोरङ जिल्ला अदालतले वर्षेनी मुद्दा फछर्यौट दर बढाउँदै लगेको छ । जिल्ला अदालत मोरङले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को न्याय सम्पादनको वार्षिक प्रगति विवरण अनुसार यस्तो पाइएको हो । अदालतले आर्थिक वर्ष २०८१/०८२ मा ६९.८१ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ । यो आर्थिक वर्ष २०८०/८१ को तुलनामा करिब ६ प्रतिशत बढी हो । अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २...
दुग्ध उत्पादक संस्थालाई ढुवानीसहितका सामाग्री वितरण 

दुग्ध उत्पादक संस्थालाई ढुवानीसहितका सामाग्री वितरण 

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका र तेह्रथुमको छथर शुक्रबारे गाउँपालिकाका दुग्ध उत्पादक संस्थाहरूलाई ढुवानीसहितका विभिन्न सामग्री वितरण गरिएको छ । आज आठ ओटा दुग्ध उत्पादक संस्थाहरूलाई आवश्यक ढुवानी गर्ने सामाग्री र उपकरण वितरण गरिएको हो । छथर जोरपाटी गाउँपालिका-१ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था, वडा नम्बर ६ मा रहेका सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहका...
पाँचथरमा सेफ्टी ट्याङ्कीमा बेहोस भएका तीन जनामध्ये एकको मृत्यु

पाँचथरमा सेफ्टी ट्याङ्कीमा बेहोस भएका तीन जनामध्ये एकको मृत्यु

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ घुर्बिसेमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार बेहोस भएका तीन जनामध्ये फाल्गुनन्द गाउँपालिका-५ का ३८ वर्षीय रत्न चेम्जोङको मृत्यु भएको हो । सोही ठाउँका २४ वर्षीय भीष्म चेम्जोङ र ४० वर्षीय बिरू चेम्जोङ बेहोस छन् । उनीहरूको झापास्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सू...
ताप्लेजुङको पाथीभरामा तीन करोड बढी भेटी संकलन

ताप्लेजुङको पाथीभरामा तीन करोड बढी भेटी संकलन

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा तीन करोड बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन करोड ११ लाख ६४ हजार रुपैयाँ भेटी संकलन भएको हो । उक्त अवधिमा दुई लाख १७ हजार आठ सय ७६ जनाले पाथीभरा दर्शन गरेका छन् । समितिका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०८१/८२ मा तीर्थयात्रीको संख्यासँगै भेटी रकम पनि घटेको हो । समितिका अनुसार आर्थिक वर्ष २०८...
error: Content is protected !!