नागरिकता, शिक्षा र रोजगारीमा विशेष प्राथमिकता दिनुपर्ने लैंगिक तथा यौनिक अल्पसंख्यकको माग
विराटनगर । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले राज्यका हरेक निकायमा समानुपातिक सहभागितासँगै आफ्नो समुदायका लागि छुट्टै बजेट र स्वायत्त आयोग गठनको माग गरेका छन् ।
लिड नेपालले आज विराटनगरमा सञ्चारकर्मीहरूसँग आयोजना गरेको अन्तरक्रियाका सहभागीले यस्तो माग राखेका हुन् । कार्यक्रममा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बू (चञ्चला) ले लक्षित कार्यक्रमका लागि सरकारले छुट्टै बजेट शीर्षक राख्नुपर्ने...






























