जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ पिन्ट रगत संकलन

जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ पिन्ट रगत संकलन

विराटनगर । मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएकाे छ । रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पुर्याउने तथा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अस्पतालले रक्तदान कार्यक्रम गरेकाे हो । साे क्रममा ५४ पिन्ट रगत संकलन भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारी, जीवन विकास सामुदायिक अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी, साथै अस्पतालम...
अनुसन्धान प्रतिष्ठानको दरबन्दी स्वीकृति र देवानगन्ज घटनाका पीडितलाई राहत दिने निर्णय

अनुसन्धान प्रतिष्ठानको दरबन्दी स्वीकृति र देवानगन्ज घटनाका पीडितलाई राहत दिने निर्णय

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले दुईवटा महत्वपूर्ण निर्णयहरू गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अनुसन्धान प्रतिष्ठानको दरबन्दी स्वीकृति र देवानगन्ज घटनाका पीडितलाई राहत दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान भद्रपुर र ...
सामाजिक सद्भाव तथा शान्तिका लागि कोशीका सभामुख विष्टको अपिल

सामाजिक सद्भाव तथा शान्तिका लागि कोशीका सभामुख विष्टको अपिल

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सामाजिक सद्भाव तथा शान्तिका लागि अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले उत्तेजना र आवेगले समस्यालाई झन् जटिल बनाउने भएकाले सबै पक्षलाई संयमित भएर शान्ति कायम राख्न आग्रह गरेका हुन् । केही दिनदेखि सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगनञ्जमा घटेको दुःखदायी घटना र मधेश प्रदेशका सिराहा, सप्तरी, धनुषा लगायतका जिल्लामा विकसित घटनाक्रम...
विराटनगरका पत्रकार थपलियालाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार

विराटनगरका पत्रकार थपलियालाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार

विराटनगर । विराटनगरका पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी मोरङले यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार थपलियालाई प्रदान गरेको हो । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपको प्रमुख आथित्यतामा आज भएको विशेष कार्यक्रममा थपलियालाई १५ हजार पाँच सय राशीको पुरस्कार प्रदान गरिएको छ । मोरङको पत्रकारि...
मोरङको ग्रामथानमा फलैँचामा मृत भेटिए ७० वर्षीय वृद्ध

मोरङको ग्रामथानमा फलैँचामा मृत भेटिए ७० वर्षीय वृद्ध

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-७ विशाल चोकस्थित सडक छेउको फलैँचामा वृद्ध मृत फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका-१ का ७० वर्षीय वीरबहादुर कुमाल फलैँचामा मृत भेटिएका हुन् । बिहीबार राति फेला परेको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो । पोस्टमार्टमपछि आज शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको...
धनकुटाकी एकमात्रै सवारी चालक महिला कुशलालाई सम्मान 

धनकुटाकी एकमात्रै सवारी चालक महिला कुशलालाई सम्मान 

धनकुटा । धनकुटाकी एक मात्रै इलेक्ट्रिक गाडी (ईभी) चालक महिलालाई सम्मान गरिएको छ । बिहीबार धनकुटा नगरपालिका-६ नम्बर वडा कार्यालय र मार्गेश्वरी टोल विकास संस्थाले संयुक्तरूपमा ईभी चालक महिला कुशला राईलाई सम्मान गरेका हुन् । सहिदभूमि गाउँपालिकला-४ घर भएकी राई लामो दूरीको सवारी चलाउने धनकुटाकी एक मात्रै महिला हुन् । उनलाई धनकुटा नगरपालिका-६ स्थित गोठ गाउँमा ईभी गाडी रोकेर स्थानीयहरूले फूलमाला र अबि...
धनकुटाका डेरी र मिठाई पसलमा अखाद्य बस्तु भेटिएपछि जरिवाना

धनकुटाका डेरी र मिठाई पसलमा अखाद्य बस्तु भेटिएपछि जरिवाना

धनकुटा । धनकुटाको हुलाक टोलमा बजार अनुगमन गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा भएको छड्के अनुगमनमा डेरी, मिठाई पसल र होटलमा अखाद्य बस्तु भेटिएपछि जरिवाना गरिएको हो ।  धनकुटाको भिमनारायण चोकदेखि मदन चोकसम्म सञ्चालनमा रहेका करिव आधा दर्जन डेरी र मिठाई पसलको अनुगमन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।  अनुगमनका क्रममा मिठाई पसलहरूमा पटक-पटक प्रयोग गरिएको तेल पुनः प्रयोग ग...
विराटनगरमा आज दिउँसो ३ बजे सद्भाव र्‍याली निकालिँदै

विराटनगरमा आज दिउँसो ३ बजे सद्भाव र्‍याली निकालिँदै

विराटनगर । मोरङमा आज सद्भाव र्‍याली निकालिने भएको छ । जिल्लामा सामाजिक र धार्मिक सद्भाव कायम राख्न आज दिउँसो ३ बजे सद्भाव र्‍याली निकाल्न लागिएको हो । सद्भाव र्‍यालीमा सहभागि हुन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारकर्मी युवा, व्यापारिक वर्ग, विभिन्न धार्मिक समुदाय लगायत आम नागरिकलाई जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । विराटनगरस्थित महेन्द्र चोकबाट सुर...
विराटनगरका युवा उद्यमी रोमन कट्टेल युवा उद्यमी मञ्चको अध्यक्षमा सर्वसम्मत निर्वाचित

विराटनगरका युवा उद्यमी रोमन कट्टेल युवा उद्यमी मञ्चको अध्यक्षमा सर्वसम्मत निर्वाचित

विराटनगर । विराटनगरका युवा उद्यमी रोमन कट्टेल नेपाल युवा उद्यमी मञ्च विराटनगरको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । गएराती विराटनगरमा सम्पन्न मञ्चको २२ औं अधिवेशनले युवा उद्यमी कट्टेलको नेतृत्वमा १३ सदस्यीय समिति निर्वाचित गरेको हो । प्रणाम ग्रुप सम्बद्ध कृष्ण दाना उद्योग, प्रणाम इँटा लगायत विभिन्न उद्योगको नेतृत्व सम्हाल्दै आएका कटेल यसअघि मञ्चको प्रथम उपाध्यक्ष थिए । संजिव सिंग्देल नेतृत...
विराटनगरमा भाेलि सद्भाव र्‍याली

विराटनगरमा भाेलि सद्भाव र्‍याली

विराटनगर । सामाजिक एकता र धार्मिक सहिष्णुतालाई मजबुत बनाउने उद्देश्यले मोरङको विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ आयोजना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजना गरेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । हालैका केही घटनाक्रमले सदियौंदेखि कायम रहेको हिन्दु र मुस्लिम समुदायबीचको सामाजिक एकता र धार्मिक सद्भावमा खलल पुर्‍याउन खोजेको निष्कर्ष नि...
कोशी प्रदेशमा खेल प्रशिक्षक : कुनै जिल्लामा दर्जन, कुनैमा शून्य

कोशी प्रदेशमा खेल प्रशिक्षक : कुनै जिल्लामा दर्जन, कुनैमा शून्य

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ । प्रदेशका १४ वटै जिल्लामा खेल र खेलाडीको संख्या तथा अवस्था हेरेर आवश्यकताको आधारमा प्रशिक्षक रहनु पर्ने हो । कोशी प्रदेशमा प्रदेश खेलकुद विकास बोर्ड मातहतका जिल्ला खेलकुद समितिको निर्देशनमा खटिने प्रशिक्षकको संख्या कुनै जिल्लामा धेरै छ भने कतै शून्य छ । कराँते खेलमा झापामा मात्रै १२ जना प्रशिक्षक र...
कप्तानगन्ज घटना : उपचारकै क्रममा अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या दुई पुग्यो

कप्तानगन्ज घटना : उपचारकै क्रममा अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति दुई पक्षबीच भएको झडपमा गोली लागेर घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । विराटनगरको न्युरो अस्पतालमा उपचाररत २२ वर्षीय जयप्रकाश मेहताको आज दिउँसो करिब १ः२५ बजे मृत्यु भएको हो । जयप्रकाशको मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको छ । जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । गत सोमबार उनको शल्यक्रिया भएपनि ...
विराटनगरमा प्राज्ञिक विद्यार्थी परिषद्को आयोजनामा कविता प्रतियोगिता

विराटनगरमा प्राज्ञिक विद्यार्थी परिषद्को आयोजनामा कविता प्रतियोगिता

विराटनगर । विराटनगरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी परिषद् पूर्वाञ्चल कलेज अफ ल एकाइ समितिको आयोजनामा गुरुपूर्णिमाको अवसरमा गुरु सम्मान एवं कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १० जना प्रतियोगीहरू सहभागि थिए । जसमध्ये चिनु काफ्ले प्रथम हुँदा निशु कार्की द्वितीय र सौगात घिमिरे तृतीय भए । धिरज पटेलले सान्त्वना स्थान हा...
मोरङमा मठ-मन्दिर, मस्जिद र चर्चमा चर्को आवाज बजाउन रोक

मोरङमा मठ-मन्दिर, मस्जिद र चर्चमा चर्को आवाज बजाउन रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले धार्मिक तथा सांस्कृतिक क्रियाकलापका नाममा चर्को ध्वनिमा लाउडस्पीकर, माइक र साउन्ड बक्स प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ । विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गर्दा ठूलो आवाज निकाल्दा बालबालिका, वृद्धवृद्धा लगायत सर्वसाधारणमा ध्वनि प्रदूषण भई मानसिक तथा दीर्घ रोगको जोखिम बढेको जनगुनासो आएको भन्दै मोरङ प्रशासनले यस्तो आग्रह गरेको हो । सहायक प्रमुख जि...
पुराना फोटो र भिडियो राखेर भ्रम नछर्न कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको आग्रह

पुराना फोटो र भिडियो राखेर भ्रम नछर्न कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको आग्रह

विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले पुराना फोटो र भिडियो सामाजिक सञ्जालमा राखेर भ्रम तथा उत्तेजना फैलाउने कार्य नगर्न आग्रह गरेको छ । सुनसरीको देवानगन्ज घटनापछि उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै प्रतिष्ठानले यस्तो आग्रह गरेको हो । सामाजिक सञ्जालमा यसअघि नै भएका आन्दोलनका पुराना भिडियो तथा फोटो राखेर अफवाह फैलाउने कार्य हुन थालेपछी भ्रम, अफवाह र उत्तेजना फैलाउने कार्य नगर्...
धनकुटामा ‘नेशनल गट ट्यालेन्ट’ र ‘मिस धनकुटा’ आयोजना हुँदै 

धनकुटामा ‘नेशनल गट ट्यालेन्ट’ र ‘मिस धनकुटा’ आयोजना हुँदै 

धनकुटा । धनकुटामा नेशनल गट ट्यालेन्ट २०८३ र मिस धनकुटा २०८३ प्रतियोगिता आयोजना हुने भएको छ । बुधबार आयोजक रिक्रियसन मल्टिमिडिया एण्ड इनटरनेशनल प्रालि र टिन्स क्रु डान्स ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सञ्चालनका बारेमा जानकारी गराएको हो । २०७३ सालदेखि पूर्वाञ्चल डान्सिङ सुपरस्टार तथा २०७४, २०७६, २०७८, २०८०, २०८१ र २०८२ मा ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ प्रतियोगिता सम्पन्न भइसकेको छ...
देवानगन्ज घटनापछि मोरङमा पनि बोलाइयो सर्वपक्षीय बैठक

देवानगन्ज घटनापछि मोरङमा पनि बोलाइयो सर्वपक्षीय बैठक

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा भएको घटनापछि मोरङमा पनि सर्वपक्षीय बैठक बोलाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय बैठक बोलाएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार आज दिउँसो ३ बजे विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा बैठक आयोजना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार सुनसरी घटना...
मोरङको सुन्दरहरैंचाबाट बन्दुक र गाँजासहित एक जना पक्राउ

मोरङको सुन्दरहरैंचाबाट बन्दुक र गाँजासहित एक जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित मुनालझोलाबाट बन्दुक र गाँजासहित एक जना पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार राति ९ः१० बजेतिर  पक्राउ गरेको हो । लागूऔषध किनबेच भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोही स्थानका ५६ वर्षीय बलबहादुर राईलाई पक्राउ गरेको छ । उनको घरको भान्साकोठामा खानतलासी गर्ने क्रममा भरुवा बन्दुक र गाँजा फेला पारेको मोरङ प्रहरीका सूचना अधिकारी डीए...
विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाउन लागिएको जुत्ताभित्र भेटियो लागूऔषध

विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाउन लागिएको जुत्ताभित्र भेटियो लागूऔषध

विराटनगर । विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाउन लागिएको जुत्ताको सोलभित्र लागूऔषध ब्राउन सुगर फेला परेको छ । विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा लागूऔषध फेला परेपछि एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-९ महेन्द्र चोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत बुधबार साँझ ७ बजेतिर काठमाडौंको तारकेश्वर नगरपालिका मनमैजु निवासी अशोक विश्वकर्माका नाममा सेतो रङको स्पोर्ट्स सुज प...
हरिनगर र देवानगन्जमा सर्वपक्षीय बैठक

हरिनगर र देवानगन्जमा सर्वपक्षीय बैठक

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा भएको घटनाक्रमलाई लिएर हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ । बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा तथा स्थानीय सरोकारवालाले संवादमार्फत समस्या समाधान गर्दै शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । हरिनगर गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले गाउँपालिका...
झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

झापा । झापाको भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयअगाडि कारले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको हो । प्रहरीका अनुसार भद्रपुर नगरपालिका-९ निवासी खड्कालाई जिल्ला प्रशासन कार्यालयमा काम सकेर बाहिर निस्कने क्रममा प्रदेश १-०१-००२ च ०००५ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनापछि कार चालकले नै घाइते खड्कालाई तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्प...
सुनसरी घटनापछि सीमामा उच्च निगरानी, नेपाल प्रवेश गर्न भारतीयलाई अनिवार्य आईडी कार्ड

सुनसरी घटनापछि सीमामा उच्च निगरानी, नेपाल प्रवेश गर्न भारतीयलाई अनिवार्य आईडी कार्ड

विराटनगर । सुनसरीको देवानगन्ज-३ कप्तानगञ्जमा भएको घटनापछि भारतसँग जोडिएका सीमा नाकामा सुरक्षा निगरानी कडा पारिएको छ । उक्त घटनापछि सीमा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि परिचयपत्र अनिवार्य गरिएको हो । विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको सर्वपक्षीय सुरक्षा बैठकमा सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे समीक्षा गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जानका...
कोशी सरकारद्वारा मृतक परिवारलाई २ लाख राहत उपलब्ध गराउने घोषणा

कोशी सरकारद्वारा मृतक परिवारलाई २ लाख राहत उपलब्ध गराउने घोषणा

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका मृतकका परिवार र प्रभावितलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले राहत प्रदान गर्ने घोषणा गरेको हो । यस्तै सामाजिक सद्भाव, शान्ति र सुरक्षा सुदृढ बनाउन आठबुँदे निर्णयसमेत भएको छ । प्रदेश सरकारले घटनामा ज्यान गुमाएका व्यक्...
भेडेटारको स्काई वाक : एक वर्षमा एक लाख ३१ हजारले गरे भ्रमण

भेडेटारको स्काई वाक : एक वर्षमा एक लाख ३१ हजारले गरे भ्रमण

धनकुटा । धनकुटाको भेडेटारमा सञ्चालित स्काई वाकमा एक वर्षको अवधिमा करिब १ लाख ३१ हजार आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् । वन्डर्स ग्रुपको लगानीमा सञ्चालित स्काई वाकमा आन्तरिकसँगै छिमेकी मुलुक भारतबाट समेत पर्यटकहरू आउने गरेका छन् । स्काई वाकले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा भ्रमण गर्न आउने पर्यटकको तथ्याङ्क सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष भ्रमणमा आउने पर्यटकको स...
कप्तानगञ्ज पुग्यो छानबिन समिति

कप्तानगञ्ज पुग्यो छानबिन समिति

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा सरकारद्वारा गठित छानबिन समिति पुगेको छ । समितिले मृतकका परिवार, घाइते, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवालासँग छुट्टाछुट्टै भेटघाट गरी घटनाको विस्तृत विवरण संकलन गरिरहेको हो । आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका छन् । घटनाको विरोधमा ...
कर्फ्यु आदेश जारी भएपछि सुनसरी जिल्ला अदालत पनि बन्द

कर्फ्यु आदेश जारी भएपछि सुनसरी जिल्ला अदालत पनि बन्द

विराटनगर । जिल्ला अदालत सुनसरी बन्द भएको छ । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि आज अदालत पनि बन्द भएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातिबाट अर्काे आदेश नभएसम्मका लागि इनरुवा नगरपालिकासहित दश पालिकामा कर्फ्यु आदेश जारी गरेको थियो । सोही परिस्थितिलाई मध्यनजर गर्दै आज सेवा स्थगित गर्ने निर्णय गरेको अदालत प्रशासनले जनाएको छ । अ...
इटहरीका हेमबहादुर कार्की चार दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपिल

इटहरीका हेमबहादुर कार्की चार दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपिल

विराटनगर । सुनसरीको इटहरी-२ आँपगाछीका ३६ वर्षीय हेमबहादुर कार्की ४ दिनदेखि बेपत्ता भएका छन् । असार १० गते आइतबार पोखराबाट बस चढेर आएका उनी धरान स्टेसनमा उत्रिएको सिसिटिभी फुटेजमा देखिएको परिवारले जनाएको छ । त्यसपछि उनी विराटनगर जाने म्याजिक भ्यानमा चढेको देखिएको छ । हालसम्म पनि उनी कतै फेला परेका छैनन् । धेरै ठाउँमा खोजी गरेपनि फेला पार्न नसकिएको परिवारको भनाइ छ । बेपत्ता छोराको खोजीका ल...
कोशीका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

कोशीका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १२ः३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक आह्वान गरिएको गरिएको हो । सुनसरीमा भएको घटनाका विषयलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए । बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सांसद तथा राजनीतिक दलका नेताहरू पनि उ...
धनकुटा, तेह्रथुम, सुनसरी र झापाबाट लागूऔषधसहित ५ जना पक्राउ

धनकुटा, तेह्रथुम, सुनसरी र झापाबाट लागूऔषधसहित ५ जना पक्राउ

विराटनगर । झापा, सुनसरी, तेह्रथुम र धनकुटाबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । विभिन्न स्थानमा चेकजाँचका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । झापाको झापा गाउँपालिका-३ बाट भारतको किशनगंजका मोहम्मद फारुकलाई ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर र बीआर ३७ बीए ५८५९ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको धरान-१५ बाट सोही स्थानका बासु बुढाथोकी र धरान-१० का युकेश मग...
सामाजिक एकता कायम राख्न इटहरीमा सद्भाव र्‍याली

सामाजिक एकता कायम राख्न इटहरीमा सद्भाव र्‍याली

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा दुई पक्षबीच भएको विवादले उग्र रूप लिएपछि उत्पन्न तनावलाई साम्य पार्न र सामाजिक एकता कायम राख्न इटहरीमा ‘सामाजिक सद्भाव र्‍याली’ निकालिएको छ । नागरिक समाज इटहरीको अगुवाइमा आज बिहान र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागीहरूले हिन्दु र मुस्लिम दुवै समुदायलाई संयम अपनाउन, अफवाहको पछि नलाग्न र वर्षौंदेखिको आपसी भाइचारा कायम राख्न अपिल गरेक...
सुनसरी घटनाका घाइतेसँग स्वास्थ्यमन्त्री मेहताकाे भेट, उपचारमा कमजाेरी हुन नदिन निर्देशन

सुनसरी घटनाका घाइतेसँग स्वास्थ्यमन्त्री मेहताकाे भेट, उपचारमा कमजाेरी हुन नदिन निर्देशन

विराटनगर  । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले भेट गरेकी छन् । आज विराटनगर आएकी उनले अस्पताल पुगेर घाइतेहरूलाई भेटेर अवस्था बुझेकी हुन् । घाइते भेटपछि अस्पताल प्रशसानलाई उनीहरूको उपचारमा कुनै कमजोरी हुन नदिन मन्त्री मेहताले निर्देशन दिइन् । देवानगञ्ज घटनामा प्रहरीको गोली लागे...
error: Content is protected !!