संगालोखबर


विराटनगर । मोरङमा मन्दिरबाट मूर्ति चोरी भएका छन् । जहदा गाउँपालिका-३ स्थित रामजानकी मन्दिरबाट भगवान् राम-सीताको मूर्ति चोरी भएको हो ।

‘आज बिहान मूर्ति चोरी भएको जानकारी प्राप्त भएको छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘पुजारी फूल टिप्न गएका बेला अष्ट धातुबाट बनेका मूर्ति चोरी भएको अवस्था छ ।’

मूर्ति चोरी भएको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । कसले चोरी गरेको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीका अनुसार मन्दिरको मूल ढोकाको ताला फोडेर ५/६ इन्च उचाइ भएका दुई वटा मूर्ति चोरी भएका छन् ।

‘हामीलाई बिहान ९ बजेतिर खबर आएको थियो’, उनले थपे, ‘जानकारी पाउनासाथ प्रहरी टोली खटेको छ । थप विवरण आउन बाँकी छ ।’ चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!