तेह्रथुमको म्याङ्लुङमा वडाध्यक्षलाई कार्यवाहक बनाएपछि चुलियो विवाद

तेह्रथुमको म्याङ्लुङमा वडाध्यक्षलाई कार्यवाहक बनाएपछि चुलियो विवाद

धनकुटा । तेह्रथुमको म्याङ्लुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उपप्रमुख उपस्थित हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएपछि विवाद चुलिएको छ । नगरप्रमुखले भारत भ्रमणमा जानुअघि गत बिहीबार शुक्रबारदेखि लागुहुनेगरि वडा नम्बर ३ का वडाअध्यक्ष मीननाथ दाहाललाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था विपरीत कार्यवाहक तोकिएको भन्दै...
मुसलधारे वर्षाको सम्भावना देखिएपछि उच्च सतर्कता अपनाउन इलाम प्रशासनको आग्रह

मुसलधारे वर्षाको सम्भावना देखिएपछि उच्च सतर्कता अपनाउन इलाम प्रशासनको आग्रह

इलाम । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय इलामले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम सम्बन्धी पूर्वानुमान र बुलेटिन अनुसार मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो । प्रशासनले सूचना जारी गर्दै भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहावको ठूलो जोखिम सिर्जना...
सोलुखुम्बुमा हजुरबुबाको हत्या गरेको आरोपमा नाति पक्राउ

सोलुखुम्बुमा हजुरबुबाको हत्या गरेको आरोपमा नाति पक्राउ

विराटनगर । सोलुखुम्बुमा हजुरबुबाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् ।  न्वारन पूजामा गएका आफ्नै हजुरबुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा २३ वर्षीय निरबहादुर विश्वकर्मा पक्राउ परेका हुन् । प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका-१ लुदु निवासी अन्दाजी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते नाति निरबहादुरको घरमा गएका थिए । सोही क्रममा निरबहादुरले कुटपिट गर्दा कृष्णगोपाल गम्भीर घाइत...
धनकुटा अदालतमा सम्बन्ध विच्छेद र लागूऔषधका मुद्दा सबैभन्दा धेरै

धनकुटा अदालतमा सम्बन्ध विच्छेद र लागूऔषधका मुद्दा सबैभन्दा धेरै

धनकुटा । धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेद र गाँजा सम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतवर्ष सम्बन्ध विच्छेदका सबैभन्दा बढी ३५२ मुद्दा दर्ता भएका हुन् । यस्तै लागूऔषध गाँजा सम्बन्धी ३८ वटा मुद्दा दर्ता भएका जिल्ला अदालत धनकुटाका न्यायाधीश हरिशचन्द्र इङ्नामले बताए । लागूऔषध ब्राउन सुगर सम्बन्धी १८ र अन्य लागू...
लेटाङमा युवतीलाई बलात्कार गरेकाे आराेपमा तीन जना पक्राउ

लेटाङमा युवतीलाई बलात्कार गरेकाे आराेपमा तीन जना पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका-१ स्थित एक होटलमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-१० का ३८ वर्षीय डम्बर खतिवडा तथा घटनामा मतियारको भूमिका निर्वाह गरेको आरोपमा विराटनगर-५ का २५ वर्षीय सोनुमा लिम्बू र केराबारी गाउँपालिका-८ का ५० वर्षीय कमलबहादुर आले मगर छन्। प्रहरीका अनुसार साउन १७ गते मध्यराति लेटाङकाे हाम्रो...
धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । धनकुटा नगरपालिका-१ हिले क्याम्पस छेउबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ शंकास्पद रूपमा बाटोमा हिँडिरहेका पाख्रीबास नगरपालिका-७ मुगा टोलका ३२ वर्षीय हरि तामाङलाई प्रहरीले पक्राउ गरेको हो । शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट एक ग्राम ब्राउन सुगर बरामद भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको साथमा भएको मोबाइल समेत प्रहर...
विराटनगर महानगरपालिकाद्वारा बजेट पुस्तिका सार्वजनिक

विराटनगर महानगरपालिकाद्वारा बजेट पुस्तिका सार्वजनिक

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास आयोजना, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई निर्धारित कार्यतालिकानुसार अघि बढाउने तयारी पूरा गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख मधुबाबु तिवारी र वडा नम...
विराटनगरका उद्योगीको घरमा छापा प्रकरण : मोरङका एसपीलाई सोधियो स्पष्टीकरण

विराटनगरका उद्योगीको घरमा छापा प्रकरण : मोरङका एसपीलाई सोधियो स्पष्टीकरण

विराटनगर । विराटनगरका प्रतिष्ठित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा छापा हानेको विषयमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । सोमबार ५ घण्टासम्म छापा मारेर केही नभेटी फर्किएपछि उनीमाथि प्रदेश प्रहरी कार्यालयले ९ बुँदे प्रश्नसहित स्पष्टीकरण मागेको हो । जिम्मेवारीमा लापरबाही, अधिकारको अनुचित प्रयोग, निर्णय प्रक्रियामा त्रुटि, व्यवसायिक आचरणजस्ता विषयमा प्रष्ट पार्न...
रामप्रसादराई गाउँपालिकाले भाडामा लिएको घरमा श्रम संस्कृति पार्टीको कार्यालय

रामप्रसादराई गाउँपालिकाले भाडामा लिएको घरमा श्रम संस्कृति पार्टीको कार्यालय

विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले भाडामा लिएको घरमा श्रम संस्कृति पार्टीले गाउँपालिका कार्यसमितिको कार्यालय स्थापना गरेको छ । साउन १५ गते गाउँपालिकामा पार्टी समायोजन तथा पूर्ण बैठक आयोजना गरेको श्रम संस्कृतिले सोही दिन गाउँपालिकाले भाडामा लिएको घरमा कार्यालय स्थापना गरेको हो । गाउँपालिकालाई कुनै जानकारी नगराई पार्टीले कार्यालय स्थापना गरेपछि अहिले चौतर्फी विरोध भइरहेको छ । गाउँपालि...
कप्तानगन्ज घटनाका अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो

कप्तानगन्ज घटनाका अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो

विराटनगर ।  सुनसरी देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको घटनामा गोली लागेर घाइते भएका थप एक जना घाइतेको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको आज मृत्यु भएको हो । प्रहरीका अनुसार अर्का एक जना घाइतेको काठमाडौंकै वीर अस्पतालमा उपचार भइरहेको छ । यसअघि सुनसरीका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो । सुनसरीकै घटनालाई लिएर भएको प्रदर्शन...
मोरङबाट १० लाख बढीको भन्सार छलीको सामान बरामद

मोरङबाट १० लाख बढीको भन्सार छलीको सामान बरामद

विराटनगर । मोरङमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएको १० लाख मूल्य बढीको सामान बरामद गरेको छ । लत्ताकपडा, किराना सामान तथा पशुचौपायासहित १० लाख १५ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा सामान ल्याउँदै गरेको अवस्थामा प्रदेश १-०२-००२ ह ९६८१ नम्बरको अटो नियन्त्रणमा...
उद्योगीको निवासमा प्रहरीको छापा : नेपाल उद्योग परिसंघ कोशीद्वारा गम्भीर ध्यानाकर्षण

उद्योगीको निवासमा प्रहरीको छापा : नेपाल उद्योग परिसंघ कोशीद्वारा गम्भीर ध्यानाकर्षण

विराटनगर । विराटनगरस्थित प्रतिष्ठित समाजसेवी तथा औद्योगिक घराना देवनरा ग्रुपको निजी निवास र कार्यालयमा प्रहरीले साढे पाँच घण्टासम्म चलाएको खानतलासी अभियानप्रति नेपाल उद्योग परिसंघ (सीआईएन) कोशी प्रदेशले गम्भीर आपत्ति जनाएको छ । बिहान उज्यालो नहुँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी निजी निवासलाई चारैतिरबाट घेराबन्दी गरेर सञ्चालन गरिएको यस कारबाहीले व्यवसायी समुदायमा भय र त्रास सिर्जना गरेक...
धरानबाट १० तोला सुन र ४ लाख नगद चोरी, दम्पतीसहित ३ जना पक्राउ

धरानबाट १० तोला सुन र ४ लाख नगद चोरी, दम्पतीसहित ३ जना पक्राउ

सुनसरी । सुनसरीको धरान-११ बाट १० तोला सुन र चार लाख नगद चोरीको आरोपमा दम्पतीसहित तीन जना पक्राउ परेका छन् । सुनसरी टेक्निकल कलेज अगाडि बस्ने राजु साहको घरबाट चार लाख नगदसहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा धरान-३ बस्ने २३ वर्षीय सुमित बराइली, उनकी २१ वर्षीया श्रीमती सम्झना बराइली र धरान-९ बस्ने १६ वर्षीय मनिष वि...
एमाले कोशी प्रदेश कमिटीको बैठक विराटनगरमा सुरु

एमाले कोशी प्रदेश कमिटीको बैठक विराटनगरमा सुरु

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठक विराटनगरमा सुरु भएको छ । प्रदेशको नयाँ मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा निष्कर्ष निकाल्न विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा एमालेका प्रदेश सभा सदस्यहरूको सहभागिता छ । मुख्यमन्त्री पदका लागि पा...
सुनसरीमा कहाँ-कहाँ छ निषेधाज्ञा ?

सुनसरीमा कहाँ-कहाँ छ निषेधाज्ञा ?

विराटनगर । स्थानीय प्रशासनले सुनसरीका दुई वटा गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आज बिहान १० बजेदेखि लागुहुनेगरि देवानगन्ज गाउँपालिकाका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् । साउन १० गते सुनसरीको देवानगन्जस्थित कप्तानगञ्जमा प्रहरीको गोली लागी दुई जनाको निधन भएपछि सुनसरीका विभिन्न स्थानमा तनाव उत्पन्न भएको थ...
मानव-हात्ती द्वन्द्व : झापामा १६ वर्षमा ८० जनाको ज्यान गयो

मानव-हात्ती द्वन्द्व : झापामा १६ वर्षमा ८० जनाको ज्यान गयो

झापा । झापामा पछिल्लो १६ वर्षमा हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । मानव-हात्ती द्वन्द्व बढ्दै जाँदा ज्यान गुमाउनेको संख्या पनि बढेको हो । डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन् । कार्यालयको तथ्याङ्क अनुसार २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको छ । यो तथ्याङ्क...
विद्यालयमै लोपोन्मुख सामग्रीको सङ्ग्रहालय

विद्यालयमै लोपोन्मुख सामग्रीको सङ्ग्रहालय

धनकुटा । विद्यालयले केवल शैक्षिक ज्ञान मात्रै दिँदैन, व्यवहारिक ज्ञान र सीप समेत उपलब्ध गराउँछ । त्यति मात्रै नभएर ऐतिहासिक र लोपोन्मुख सामग्री समेत प्रत्यक्ष अवलोकन गराएर त्यसको महत्व विद्यार्थीलाई बुझाउँछन् । आवश्यक स्रोत-साधनको अभावमा सबै विद्यालयमा भनेजति सामग्री उपलब्ध नहुन सक्छन् । तर संखुवासभको तुम्लिङटार नगरपालिका-९ स्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयले ऐतिहासिक तथा लोपोन्मुख स...
विराटनगरको देबेनरा मुन्दडा निवासमा छापा हान्दा केही नभेटिएपछि त्यसै फर्कियो प्रहरी टोली

विराटनगरको देबेनरा मुन्दडा निवासमा छापा हान्दा केही नभेटिएपछि त्यसै फर्कियो प्रहरी टोली

विराटनगर । विराटनगरको प्रतिष्ठित उद्योगी घराना देबेनरा मुन्दडा निवासमा छापा हान्दा केही फेला नपरेपछि प्रहरी टोली त्यसै फर्किएको छ । विराटनगर-७ गोश्वारा रोडस्थित मुन्दडा निवासमा गैरकानुनी रुपमा अवैध चिजवस्तु लुकाएको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले आज बिहान छापा हानेको हो । खानतलासीका लागि बिहान करिब ५ बजे नै प्रहरी टोली मुन्दडा निवास पुगेको थियो । झण्डै ५ घण्टा खानतलासी गर्दा पनि अवैध चिज फेल...
विराटनगरमा भारतीय माेटरसाइकलले ठक्कर दिँदा एक जनाकाे मृत्यु

विराटनगरमा भारतीय माेटरसाइकलले ठक्कर दिँदा एक जनाकाे मृत्यु

विराटनगर । विराटनगर-४ आयल निगममा आइतबार राति भारतीय मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको बीआर ११ एडब्लू १७२८ नम्बरको भारतीय मोटरसाइकलले पैदल हिँडिरहेका करिब ५० वर्षीय नेपाल सरकारलाई ठक्कर दिएको थियाे । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि नाेबेल अस्पताल लगिएकाेमा उपचारकै क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उनी भारतको कोलकाताका स्थ...
विराटनगरको एभरेष्टका विद्यार्थीलाई लगियो राजारानीमा शैक्षिक हाइकिङ

विराटनगरको एभरेष्टका विद्यार्थीलाई लगियो राजारानीमा शैक्षिक हाइकिङ

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई हाइकिङ लगिएको छ । शनिबार मोरङको लेटाङ नगरपालिका-१ स्थित प्राकृतिक तथा ऐतिहासिक महत्व बोकेको राजारानी क्षेत्रमा उनीहरूलाई हाइकिङ लगिएको हो । यो यात्रा केवल पहाड चढ्ने वा ताल हेर्नेमा मात्र सीमित नभएर प्रकृति, इतिहास, जैविक विविधता, धार्मिक सद्भाव र स्थानीय संस्कृतिको साक्षात्कार गराउने महत्वपूर्ण पक्ष बनेको स्कुलले...
मोरङबाट तस्करी गरेर भारत लैजाँदै गरेका गोरु प्रहरीको नियन्त्रणमा

मोरङबाट तस्करी गरेर भारत लैजाँदै गरेका गोरु प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरिएका गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार धनपालथान गाउँपालिका-७ हरकपुरबाट प्रहरीले चार वटा गोरु नियन्त्रणमा लिएको हो । अवैधरूपमा भारततर्फ गोरु लैजाने मानिसहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनीहरू प्रहरीलाई देख्‍नासाथ भारततर्फ भागेका थिए । नियन्त्रणमा लिएका गोरु प्...
पुर्खौली पेसालाई आधुनिक प्रविधिसँग जोड्दा फेरिएको धनकुटाको कटहरे गाउँ

पुर्खौली पेसालाई आधुनिक प्रविधिसँग जोड्दा फेरिएको धनकुटाको कटहरे गाउँ

धनकुटा । परम्परागत सीपलाई व्यवसायिक बनाएपछि धनकुटाको घोर्लीखर्कस्थित कटहरे गाउँको दैनिकी फेरिएको छ । पुर्खौली पेसालाई आधुनिकीकरणसँगै व्यवसायिक बनाउँदा आर्थिक र सामाजिक अवस्था पनि सबल बन्दै गएको छ । परम्परागत आरनबाट घरायसी प्रयोगका लागि फलामका विभिन्न औजार बनाउँदै आएको समुदायले प्रविधिको विकाससँगै सीपलाई थप सहज बनाउँदै लगेको हो । पाख्रीबास नगरपालिका-५ घोर्लीखर्कस्थित कटहरे गाउँका २३ घरपरिवारले ...
संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद

संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद

विराटनगर । संखुवासभा र मोरङबाट लुकाएर राखेको अवस्थामा प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले चैनपुर नगरपालिका-११ स्थित मलाटे सामुदायिक वनमा भीरको ओडारमा लुकाएको अवस्थामा तीन थान भरुवा बन्दुक बरामद गरेको हो । शनिबार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ओडारभित्र प्लास्टिकले बेरेर राखेको अवस्थामा तीन थान भरुवा बन्दुकसहित ५० ग्राम सिलाइको बारुद फेला पारेको थियो । यसैगरी मोरङक...
सुनसरीका चार पालिकामा मात्रै निषेधाज्ञा, अन्य स्थानबाट हटाइयो

सुनसरीका चार पालिकामा मात्रै निषेधाज्ञा, अन्य स्थानबाट हटाइयो

विराटनगर । सुनसरीको अवस्था विस्तारै सामान्य बन्दै गएको छ । अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अधिकांश क्षेत्रमा जारी गरेको निषेध आदेश हटाएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार अब देवानगन्ज, भोक्राहा नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम जारी ग...
धरानमा युवामाथि धारिलो हतियार प्रहार

धरानमा युवामाथि धारिलो हतियार प्रहार

सुनसरी । सुनसरीको धरान-५ स्थित झरना चोकमा एक युवामाथि धारिलो हतियार प्रहार भएको छ । शनिबार साँझ ७ः३० बजेतिर स्थानीय २० वर्षीय नीलकमल राईलाई एक समूहले ढाँडमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो । आक्रमणमा सोही ठाउँका ४ जना युवाहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झरना चोकका २३ वर्षीय ‘जोनसेना’ (यकिन नाम नखुलेको), १९ वर्षीय सुमन लिम्बू, १७ वर्षीय हनक राई र वडा नम...
विराटनगरबाट चाेरीकाे सिटी सफारीसहित एक जना पक्राउ

विराटनगरबाट चाेरीकाे सिटी सफारीसहित एक जना पक्राउ

विराटनगर । विराटनगरबाट चाेरीकाे सिटी सफारीसहित एक जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० बाट चोरी भएको सिटी सफारी भारततर्फ लैजाँदै गरेको अवस्थामा उदयपुर घर भई हाल विराटनगर-४ बस्ने ३२ वर्षीय मणिकुमार तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार शनिबार बिहानका राति नारायणप्रसाद थपलियाको घरकाे दराजमा राखिएको सुनचाँदीका गरगहना तथा घरअगाडि पार्किङमा राखिएको प्रदेश १-०२-००४ ...
धनकुटाबाट ८ सय ४ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटाबाट ८ सय ४ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ बाट ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ परेका छन् । जनता आवासका लागि बनाइएको खाली घरमा अवैध रूपमा भण्डारण गरी राखिएको अवस्थामा प्रहरीले आज दिउँसाे १ बजे गाँजा बरामद गरेकाे हाे । घर खानतलासी गर्दा ४८ वटा बोरामा प्याक गरी राखिएको अवस्थामा ८०४ किलो गाँजा फेला परेकाे धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । गाँजा बरामद भएसँगै प्रहरीले...
देवानगन्ज घटनामा गाेली लागेर ज्यान गुमाएका दुई युवाकाे घटनास्थलमै गरियाे दाहसंकार

देवानगन्ज घटनामा गाेली लागेर ज्यान गुमाएका दुई युवाकाे घटनास्थलमै गरियाे दाहसंकार

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको घटनास्थलमै दाहसंस्कार गरिएको छ । शुक्रबार राति दुवै जनाको हिन्दु परम्पराअनुसार घटनास्थलमै अन्त्येष्टि गरिएको हो । सशस्त्रको गोली लागेर देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो । पोस्टमार्टम गरेर दुवै जनाको शव परिवार...
राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सबै जिम्मेवार बनौँ : एनवाइइएफ अध्यक्ष कट्टेल

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सबै जिम्मेवार बनौँ : एनवाइइएफ अध्यक्ष कट्टेल

विराटनगर । नेपाल युवा उद्यमी मञ्च विराटनगरका नव निर्वाचित अध्यक्ष रोमन कट्टेलले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप मजबुत बनाउने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेका छन् । सुनसरीको देवानगञ्जमा झडपका क्रममा गोली लागेर दुई युवाको मृत्यु भएपछि बढ्दै गएको तनावले अन्य जिल्लामा पनि माहोल बिग्रिरहेका बेला शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनवाइइएफ अध्यक्ष कट्टेलले यस्...
मोरङको रतुवामाईबाट एक हजार किलो गाँजासहित धनकुटाका उमेश पक्राउ

मोरङको रतुवामाईबाट एक हजार किलो गाँजासहित धनकुटाका उमेश पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-१० बाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज दिउँसो १ः३० बजे मिनी ट्रकबाट एक हजार ३३ किलो गाँजा बरामद भएको हो । मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकमा गाँजा रहेको विशेष सूचना आएपछि नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो । संयुक्त टोलीले रोकेर चेक...
विराटनगरमा निकालियो सद्भाव र्‍याली

विराटनगरमा निकालियो सद्भाव र्‍याली

विराटनगर । विराटनगरमा आज सद्भाव र्‍याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा निकालिएको सद्भाव र्‍यालीमा धर्मगुरुका साथै स्थानीय अगुवाको सहभागिता थियो । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा गएको आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा दुई जनाको ज्यान गएपछि देशैभर प्रदर्शनहरू उग्र बन्दै गएपछि सरकारी संयन्त्रकै पहलमा सद्भाव र्‍याली निकालिएको हो । कप्तानगन्जमा दुई समुदायका बि...
error: Content is protected !!