संगालोखबर


विराटनगर । विराटनगरको शिक्षादीप कलेजले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि सहयोग रकम उपलब्ध गराएको छ ।

कलेजले बाढीमा प्रभावित भएकाहरूलाई राहत तथा पुनर्स्थापनाका लागि १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुनेगरि कलेजले आज जिल्ला प्रशासन कार्यालय मोरङमा चेक प्रदान गरेको छ ।

कलेजका अध्यक्ष तथा कोशी प्रदेशका पूर्वमन्त्री भीम पराजुली, प्रिन्सिपल ज्ञानबहादुर खड्का, निर्देशकद्वय भूपेन्द्र दाहाल र शंकर भट्टराईसहित विद्यार्थीहरूले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । 

कलेजका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा कलेज परिवारका तर्फबाट उक्त रकम सहयोग गरिएको प्रिन्सिपल खड्काले जानकारी दिए । विपद्का समयमा शिक्षादीप कलेज सँधै मानवीय सेवामा जुट्दै आएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!