
सुनसरी । सुनसरीका छुट्टाछुट्टै स्थानबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । मंगलबार चेकजाँचका क्रममा प्रहरीले ४५ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।
दुहबी नगरपालिका-११ नहर चोकस्थित भित्री सडक खण्डमा चेकजाँचका क्रममा २१ प ७९८० नम्बरको मोटरसाइकलबाट २८ किलो गाँजा बरामद भएको छ ।
गाँजा फेला परेसँगै प्रहरीले मोटरसाइकल चालक देवानगन्ज गाँउपालिका-३ का २३ वर्षीय एमडी जावेद मियालाई पक्राउ गरेको हो ।
यस्तै कोशी गाँउपालिका-१ लौकहीबाट ना ६० प. ५३९१ नम्बरको मोटरसाइकलमा सवार भारतको सुपौल पञ्चायत फत्तेपुर-१ का २१ वर्षीय दीपक कुमार पोद्दार १७ किलो १४० ग्राम गाँजासहित पक्राउ परेका छन् । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 














