सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-८ मार्गथान क्षेत्रमा पानीको मुहान संरक्षण गर्न विभिन्न प्रजातिका करिब २ हजार बिरुवा रोपिएका छन् ।

हिन्दकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान (हाईकास) परियोजना अन्तर्गत इसिमोड र सिप्रिडको संयुक्त आयोजनामा बिरुवा रोपिएको हो ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण गाउँघरमा पानीका मुहान सुक्दै गएकाले मुहान संरक्षण तथा जल पुनर्भरण गर्न वृक्षारोपण गरिएको जनाइएको छ ।

सिप्रिड प्राविधिक चक्र राईका अनुसार वातावरणीय तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण मानिएका बाँस, निगालो, बैँस, तेजपात, टिमुर, लप्सी, रिठ्ठो, जामुन, चाप, कटुस, उत्तिस, अमला, नेपियर र अम्रिसो लगायतका बिरुवाहरू रोपिएका छन् ।

हाईकास परियोजना अन्तर्गत भएको वृक्षरोपणमा इसिमोड र सिप्रिड, वडा कार्यालय, डिभिजन वन कार्यालय, जल तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाका प्रतिनिधि र स्थानीय सहभागि थिए ।

रोपिएका बिरुवा स्थानीयले हेरचाह गर्नेछन् । रोपिएका बिरुवाबाट आम्दानी हुन थालेपछी स्थानीयलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!