धनकुटा अदालतमा सम्बन्ध विच्छेद र लागूऔषधका मुद्दा सबैभन्दा धेरै
धनकुटा । धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेद र गाँजा सम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतवर्ष सम्बन्ध विच्छेदका सबैभन्दा बढी ३५२ मुद्दा दर्ता भएका हुन् ।
यस्तै लागूऔषध गाँजा सम्बन्धी ३८ वटा मुद्दा दर्ता भएका जिल्ला अदालत धनकुटाका न्यायाधीश हरिशचन्द्र इङ्नामले बताए । लागूऔषध ब्राउन सुगर सम्बन्धी १८ र अन्य लागू...





























