सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमितिले धनकुटाका पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महासंघ प्रदेश समितिकोतर्फबाट जिल्लाका क्रियासिल पत्रकारहरुका लागि जिल्ला कार्यसमितिलाई सामाग्री हस्तान्तरण गरिएको हो ।

Advertisement

पत्रकार महासंघ धनकुटा शाखामा आयोजित कार्यक्रममा महासंघ प्रदेश उपाध्यक्ष हिमा चेम्जोङले जिल्ला अध्यक्ष नगेन्द्र राईलाई १ हजार ५ सय थान सर्जिकल मास्क र ७० बट्टा सेनिटाइजर हस्तान्तरण गरिन् । कोरोना भाइरस कोभिड १९ को महामारीकाबीच अहोरात्र खटेर सूचना प्रदान गर्न लागिपर्ने पत्रकारहरुलाई सुरक्षित रहेर आफ्नो भूमिका निर्वाह गर्न स्वास्थ्य सामाग्री प्रदान गरिएको उपाध्यक्ष राईले बताइन् ।

यसैबीच, जिल्ला शाखालाई प्राप्त भएको उक्त स्वास्थ्य सामाग्री क्रियासिल पत्रकारहरुलाई वितरण गरिएको छ । महासंघका जिल्ला अध्यक्ष राईले पत्रकार सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई, देवकला कार्की, हरीबहादुर लम्जेल, इश्वर थापा, नारायण कुमार आठपहरिया, सन्तोष सुवेदी लगायतलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । वाँकी क्रियासिल पत्रकारहरुलाई पनि सामाग्री प्रदान गरिने महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!