संगालोखबर सम्वाददाता


धनकुटा । धनकुटाका थप ५१ जनामा शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा २८ पुरुष र २३ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । सहिदभूमि गाउँपालिकाका २० जना, धनकुटा नगरपालिकाका १७, महालक्ष्मी नगरपालिकका ८, पाख्रीवास नगरपालिकाका ४ र छथर जोरपाटी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।

सहिदभूमि–४ का ६०, २९, २३ र ३१ बर्षीय पुरुष, ३३ र ४२ बर्षीया महिला, सहिदभूमि–५ का १२, ३५, २६, ५७, ४०, ६४, ६१, ३ र २५ बर्षीय पुरुष, २५, २२, ४७, २३ र ६४ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । धनकुटा–१ का ६०, ४६ र ५२ बर्षीय पुरुष, २१, ५८, ६६, ५५ र ५१ बर्षीया महिला, धनकुटा–३ का ५१ र ६० बर्षीय पुरुष, ५० र ६८ बर्षीया महिला, धनकुटा–४ का ८० बर्षीय पुरुष, धनकुटा–६ का ४०, ७६ बर्षीय पुरुष र ३२ बर्षीया महिला र धनकुटा–७ का ३८ बर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

Advertisement

महालक्ष्मी–७ का ७२ र २४ बर्षीय पुुरुष, २४, ५५, २३, ४०, ७२ र ६४ बर्षीया महिला संक्रमित भएका छन् । पाख्रीबास–४ का २३ बर्षीया महिला, पाख्रीबास–५ का ६५ बर्षीय पुरुष, पाख्रीबास–७ का ३३ बर्षीय पुरुष र पाख्रीबास–८ का ७८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यता, छथर जोरपाटी–२ का ५३ बर्षीया महिला र छथर जोरपाटी–६ का ४४ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!