संगालोखबर सम्वाददाता

सुनसरी । धरानकी एक युवतीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धरान उपमहानगरपालिका–१७ की २८ बर्षीया युवतीको शुक्रबार बिहान मृत्यु भएको हो ।

Advertisement

अन्य दिर्घरोगसमेत नरहेकी उनको कारोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बिहान ४ः१५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!