संगालोखबर सम्वाददाता

संखुवासभा । खाँदबारी–३ चिसापानी गुम्बा टोलमा सडकको नालीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । घर नजिकै खेल्ने क्रममा शुक्रबार दिउँसो नालीको पानीमा डुबेर स्थानीय सुरेश गुरुङकी तीन बर्षीया छोरी एलिसाको मृत्यु भएको हो ।

खेल्ने क्रममा उनी कच्चि सडकको पानी जमेको नालीको खसेकी थिइन् । बेहोस अवस्थामा भेटिएकी उनलाई उपचारका लागि खाँदबारी–१ स्थित गोपाल भगत मेमोरियल हस्पिटल पुर्याइएको थियो ।

Advertisement

उपचारकै क्रममा अपरान्ह ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!