संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७४९ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा २३२, झापामा २०७, सुनसरीमा १६४, धनकुटामा ३८, उदयपुरमा ३४, संखुवासभामा २५, इलाममा १३, पाँचथरमा ८, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८४ महिला र ८० पुरुषसहित १६४, सुन्दरहरैंचामा २४, पथरीशनिश्चरेमा ११, उर्लाबारीमा ८, बुढीगंगामा ६, कटहरी र बेलबारीमा ५/५, ग्रामथानमा ३, मिक्लाजुङ, लेटाङ, धनपालथान र रतुवामाईमा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोडमा ५५, कनकाईमा ३६, दमकमा २१, शिवसताक्षीमा १८, मेचीनगर र बुद्धशान्तिमा १७/१७, भद्रपुरमा १२, अर्जुनधारामा १०, बाह्रदशी, गौरीगञ्ज र कमलगाउँपालिकामा ५/५, झापा गाउँपालिकामा ४, हल्दिबारीमा २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, सुनसरीको इटहरीमा ६४, धरानमा ४६, दुहवीमा २९, इनरुवामा ११, बराहक्षेत्रमा ५, भोक्राहानरसिंह र कोशीगाउँपालिकामा २/२, रामधुनी, देवानगञ्ज, हरिनगर, गढी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमित थपिएका छन् । त्यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा २६, पाख्रीबासमा ८, शहिदभूमी र छथर जोरपाटीमा २/२, उदयपुरको त्रियुगामा २९, बेलका र स्थानीयतहनखुलेका २/२, उदयपुरगढीमा १, संखुवासभाको पाँचखपनमा २१, खाँदबारीमा ३, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ६, माई नगरपालिकामा ५ र सुर्योदयमा २, , पाँचथरको तुम्वेवामा ६ र स्थानीय तह नखुलेका २, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ माकोरोना संक्रमितको संख्या ५५हजार ६७६ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार २९८ पुगेको छ । प्रदेश १ मा आज ७९१ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सबैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयका अनुसार ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छन् । हालसम्म ३४ हजार ५३७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज १हजार ९४५ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये ३३५ महिला र ४१४ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!