संगालोखबर सम्वाददाता

विराटनगर । नेपाल रेडक्रस सोसाईटी प्रदेश समिति र आईपास नेपालले प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल र कोषाध्यक्ष ओमप्रकाश गौतमले शुक्रबार सामाजिक विकास मन्त्री उषाकला राईलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

Advertisement

अक्सिजन कन्सनट्रेटर १० थान, पीपीई सेट ३ सय थान र सर्जिकल मास्क १ लाख थान प्रदान गरिएको रेडक्रसका प्रदेश समिति अध्यक्ष पोखरेलले जानकारी दिए । सामाग्री ग्रहण गर्दै मन्त्री राईले रेडक्रसलाई धन्यवाद ज्ञापन गरिन् ।

यसैवीच आईपास नेपालले पनि सामाजिक विकास मन्त्री राईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

एवीसी नेपालकी प्रदेश अध्यक्ष तथा कोभिड रेस्पोन्स टाक्स फोर्स मोरङकी प्रतिनिधि विष्णु पन्त शर्माले पीपीई सेट, सर्जिकल मास्क, एन ९५ मास्क र स्यानिटाइजर हस्तान्तरण गरेकी हुन् । १ लाख १८ हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शर्माले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!