संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका-४ सेखामा शौचालय बनाउने क्रममा सेफ्टिट्याङ्कीमा खस्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय नरेश गुरुङको घरमा नयाँ शौचालय बनाउँदै गर्दा ढलानको सेटिङ खोल्ने क्रममा सेफ्टिट्याङ्कीमा खस्दा दुई जना मजदुरको मृत्यु भएको हो ।

Advertisement

मृत्यु हुनेमा खाँदबारी–५ का ३७ बर्षीय ताराबीर गुरुङ र खाँदबारी-४ का २४ बर्षीय ईश्वर बहादुर राई छन् । आइतबार साँझ ६ बजे सेफ्टिट्याङ्कीमा खस्दा उनीहरु बेहोस भएका थिए । उनीहरुको तत्काललै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा राती उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!