संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा २२७ जना कोरोना संक्रमित थपिएका छन् । १ मा आज ६६० जनाको पीसीआर परीक्षण गर्दा १०३ महिला र १२४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३/३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१, सुनसरीमा २७, रामधुनी र दुहवीमा ३/३, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १/१, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरे र केराबारीमा १३/१३, मिक्लाजुङ र रतुवामाईमा ३/३, सुनबर्षीमा २, धनपालथान, बेलबारी र सुन्दरहरैंचामा १/१ जनामा संक्तमण देखिएको छ । त्यस्तै झापाको दमकमा ९, भद्रपुरमा ८, हल्दिबारी, मेचीनगर र विर्तामोडमा ३/३, अर्जुनधारा र बाह्रदशीमा १/१ जना संक्रमित भएका छन् ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरमा १, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका १/१, तेह्रथुममा १ र र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार १९१ पुगेको छ । यसैबीच आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको भने सक्रिय संक्रमित ८ हजार छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!