- वुद्ध तामाङ

भोजपुर । दशवर्षे शसस्त्र द्वन्द चपेटामा परेको भोजपुर विकासतर्फ लम्कदै छ । मध्यपहाडी लोकमार्ग कच्ची हुँदै कालोपत्रे बनेको छ । जसले एकाएक समृद्धिको लहरहरु ल्यायो । संघिय संरचनाले अझै नयाँपन दिएको छ । गाउँगाउँसम्म सडक पुगेका छन् । विद्युत्तीकरणले गाउँबस्तीहरु अन्धकारमुक्त बनेका छन् । कृषि उपजहरु देशविदेश पुगेका छन् । आर्थिक श्रोतका प्रशस्त सम्भावनालाई उजागर गरेको छ ।

Advertisement

विकास र समृद्धितर्फ उन्मुख भोजपुरले आर्थिक पर्यटनमा गतिलो खुड्किलो थप्दै गएको छ । सरकारको एकसय नयाँ पर्यटकीय गन्तव्यमा परेको भोजपुरको टेम्केडाँडा मुन्दुम पदमार्ग ‘टुरिजम डेस्टिनेशन’, ‘टुरिजम हब’ बन्दै गएको छ । दृश्यावलोकन र ट्रेकिङ गर्न आउने विदेशी पर्यटकको रोजाईमा परेको मुन्दुम पदमार्गले अन्र्तराष्ट्रिय जगतसम्म राम्रो छाप छाडेको छ । पदमार्गसंगै जिल्लाभित्रका विभिन्न मनमोहक पर्यटकीय गन्तव्य आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बन्न थालेको छ । पर्यटन प्रबर्धनमा स्थानीय तह, प्रदेश र संघिय सरकार पनि लागि परेका छन् । लगानी पनि बढ्दो छ । पर्यटकीय, ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण सम्बर्धनमा प्रदेश १ सरकार आफै जुटेको छ ।

खुकुरीले प्रख्यात भोजपुर टक (मुद्रा) काट्ने ऐतिहासिक थलो हो । नेपालकै पहिलो संस्कृत पाठशाला दिङला क्षेत्र यहाँ पर्छ । सिद्धकाली मन्दिर, नागछाँगा, पशुपति मन्दिर, रामजानकी मन्दिर, टेम्केडाँडा, सिलिचुङडाँडा, नेपालको पहिलो बौद्ध विहार, च्याङ्ग्रेपोखरी, सन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी, कालिकादेवी, सेल्मेडाँडा, सुन्तलेडाँडा, दिङ्लाबजार, अरुणडाँडा, मैयुङडाँडा जस्ता जिल्लाका मुख्य पर्यटकीय गन्तव्य हुन् । त्यस्तै बेहेश्वर मन्दिर, ऐतिहासिक हतुवागढी, अरुण नदिको कात्तिकेघाट, हाँसपोखरी, घोडेटार र एडमण्ड हिलारी पदमार्ग पनि प्रमुख गन्तव्य हुन् । चार हजार १४३ मिटर सिचिलुङ चुचुरो भोजपुरको सबैभन्दा अग्लो स्थान हो ।

प्रमुख पर्यटकीय गन्तव्य मुन्दुम पदमार्ग
‘मैयुङडाँडा र हाँसपोखरी’ को सुन्दर स्वाद दिलाउन पैदलमार्गको अवधारणाले ल्याईएको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ नेपाल सरकारले सुचिकृत गरेको एकसय नयाँ पर्यटकीय गन्तव्यमा परेको एक हो । ५८ किलोमिटर दुरीको उक्त पदमार्गले टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र खोटाङको केहि भूभाग छोएको छ । किँराती संस्कार संस्कृतिसंग जोडिएकाले यो पदमार्गको नामाकरण किँरात राईहरुको ‘मुन्दुम’ संस्कारबाट ल्याईएको हो । खर्कगोठ संरक्षण विकास तदर्थ समितिका अध्यक्ष पावीहाङ राईले भने, ‘किँरात संस्कृतिलाई जगेर्ना गर्ने ट्रेलको लक्ष्य हो, पदमार्गलाई बाह्य तथा आन्तरिक पर्यटनसंग किँराती संस्कारवीच घनिष्ठता कायम गर्ने हाम्रो सोच हो।’

सिंगो भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्य रुपमा यहाँ टुरिजम हब बनाउने लक्ष्यले २०७४ साल पुष २४ देखि २६ गतेसम्म ३१ दशमलब ५ किलोमिटर लामो उक्त पदमार्गको सर्वेक्षण गरिएको थियो । टेम्केमैयुङ गाउँपालिकाले पनि पदमार्गको अनुगमन र सम्पूर्ण सम्भाव्यताको अध्ययन अन्वेषणका लागि ०७४/७५ मा ७ लाख बजेट छुट्याएको थियो । ०७५/७६ मा पनि गाउँपालिकाले १९ लाख ४० हजार बजेट छुट्याएको थियो । उक्त पदर्माग प्रबद्र्धनका लागि प्रदेश सरकारको ३५ प्रतिशत, स्विस सरकारको ३५ प्रतिशत, गाउँपालिकाको ३० प्रतिशत गरि ९९ लाख २२ हजार सातसय ८४ रुपैँया लागतमा पहिलो चरण अन्र्तगतको भौतिक पूर्वाधारको काम सकिएको छ ।

पर्यटकीय हिसाबले पैदल यात्रा गर्ने पर्यटकका लागि ‘अल्पाईन जोन’ (धेरै उचाई र धैरै होचाई नभएको) सन्तुलित हावापानी भएको यो पदमार्ग आगन्तुक पर्यटकका लागि लेक लाग्ने समस्या नहुने गतवर्षको स्थलगत अध्ययनले देखाएको छ । समुन्दी सतहदेखि २४ सय मिटरदेखि ३३ सय मिटरको दुरीमा उकालोओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमश्रृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ ।

तराई जोड्ने ‘जेटबोट’
भोजपुरको दक्षिणी आमचोक र हतुवागढी गाउँपालिकासँग तराई जोड्ने दुधकोशी नदिमा तीनवर्षअघिबाट जेटबोट यातायात सुरु भएको छ । जसले यहाँको जलपर्यटन पनि फस्टाएको छ । जेटबोटले दक्षिणी भेगका नागरिकको जिवनशैली नै फेरिदिएको छ । ८ किलोमिटरको यात्रा १५ मिनेटमै पार गर्ने भएपछि सर्वसाधरणलाई सिम्ले, चतराघाट हुँदै धरान जान सहज भएको छ ।

जेटबोट सञ्चालनमा आएपछि भिरालो, जोखिम, अप्ठ्यारो र साँघुरो गोरेटोबाट पैदल हिँड्ने धरान जानुपर्ने सर्वसाधरणको जिवनस्तरमा परिवर्तन आएको हो । प्रचलित ‘अक्कर भिर’ को जोखिमपूर्ण यात्रा गर्ने सर्वसाधरणलाई जेटबोटले राहत दिएको छ । यसअघि ७ घण्टा पैदल हिँडेर नदि पार गर्न काठको नाउँबाट ज्यान जोखिम मोलेर नदि वारपार गर्नुपथ्र्यो । भिरको भिरालो बाटोमा हिँड्दा लडेर ज्यान जाने, नदिमा नाउ पल्टिने जस्ता विगतमा धेरै दुर्घटना हुने गरेको थियो । ती सबै कठिनाई हटेको छ ।

यसअघि २०४८ सालमा अरुण तेश्रो जलविद्युत आयोजनाको टेन्डरको क्रममा तुम्लिङटारसम्म त्यहाँका कर्मचारीलाई जेटबोटबाट ल्याईएको थियो । धनकुटाको साँघुरीगढी गाउँपालिका, शहिदभुमि गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र भोजपुरको आमचोक र हतुवागढी गाउँपालिकाका सर्वसाधरणहरु लाभान्वित छन् । जेटबोट प्रतिव्यक्ति ५ सय रुपैँया भाडादरमा यात्रु बोक्ने गर्छ । यात्रुको जिउधनको सुरक्षा र समयको उचित बचत हुन थालेपछि पेशा पनि फस्टाएको व्यावसायीहरु बताउँछन् ।

टेम्के भ्यू टावर
भोजपुर र खोटाङको सीमनास्थित टेम्केडाँडा पूर्वकै मुख्य पर्यटकीय गन्तव्य हो । यहाँबाट तराईका फाँटदेखि उत्तरी सुन्दर हिमश्रृंखला देखिन्छ । पुष्पलाल मध्यपहाडी लोकमार्गले जोडिएसंगै प्राकृतिक सौन्दर्यताले मनमोहक टेम्केडाँडामा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाई बन्दै गएको छ ।

सोहि टेम्केडाँडाको पर्यटन प्रबद्र्धन गर्ने लक्ष्यले प्रदेश सरकारको लगानीमा टेम्के भ्यू टावर निर्माण थालिएको छ । ५ वर्षको निर्माण समयावधि दिईएको उक्त टावरको लागत १३ करोड ६२ लाख ८१ हजार रुपैयाँ छ । नेपालको मात्र नभई अन्र्तराष्ट्रियस्तरमै सबैभन्दा अग्लो स्थानमा अवस्थित भ्यू टावर हुनेछ । समुन्द्री सतहदेखी ३१ सय मिटर उचाईमा रहेको टेम्के डाँडाबाट निर्माणाधिन टावरको निर्माण काम कुन्सालिङ कन्सट्रक्सन भोजपुरले गरिरहेको छ ।

त्यसो त प्रदेश १ लाई आर्थिक विकासमा जोड्न पर्यटनको प्रबद्र्धन गर्न प्रदेश सरकार जुटेको छ । भोजपुरका प्रमुख पर्यटकीय गन्तव्यलाई प्रबद्र्धन र सम्बद्र्धन गर्दै स्थानीय नागरिकको आर्थिक श्रोत सबल बनाउन प्रदेश सरकार र स्थानीय सरकार जुटेका छन् । लक्ष्य अनुसारको लगानी र लगानी अनुसारको पूर्वाधार निमार्णलाई दिगोपन र आकृष्ट बनाउने पारदर्शी काम हुनुपर्ने सरोकारवालाको ठम्याई छ । पर्यटनमा बर्षेनी करोडौँ बजेटिङको दुरुपयोग र दुष्प्रभावलाई हरेक निकायले सुक्ष्म कार्यानुगमित बनाउन जरुरी देखिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!