संगालोखबर सम्वाददाता

तेह्रथुम । तेह्रथुमको लालिगुँरास नगरपालिका–१ भुल्केबाट तीन वटा भरुवा बन्दुकसहित तीन पक्राउ परेका छन् । पर्नेमा स्थानीय ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ छन् ।

Advertisement

बन्दुक बोकेर हिडिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारेको थियो । प्रहरीलाई देखेपछि भाग्न खोजेका उनीहरुलाई प्रहरी चौकी लसुनेको टोलीले पक्राउ गरेको हो ।

तीनै जनाका विषयमा ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!