संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा आज बिहान छोराले आफ्नै बुवाको हत्या गरेका छन् । स्थानीय २८ बर्षीय सुवर्ण राईले ७२ बर्षीय बुबा चन्द्र बहादुरको हत्या गरेका हुन् ।

बिहान पौने ५ बजे सुवर्णले बुवाको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement

घटनाको जानकारी पाएपछि प्रहरीले सुवर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!