पाख्रीवास घटनाको कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको चेतावनी

धनकुटा । नेकपा एमाले धनकुटाले पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोडको घटनालाई कानूनी र राजनीतिक हिसावले प्रतिवाद गर्ने चेतावनी दिएको छ । एमाले जिल्ला कमिटीले आज धनकुटामा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले काँग्रेस लगायत दलले गुण्डागर्दी शैलीमा हुलहुज्जतका साथ नगरसभा विथोल्ने, सभाहल तोडफोड गर्ने, कुर्सी टेवल भाँच्ने, सिसा फुटाउँने, जनप्रतिनिधि माथि हातपात गर्ने जस्तो जघन्य अपराध गरेकाले यसलाई एमालेले प्रतिवाद गर्ने बताए । ‘केही समस्या भए सम्वादका माध्यमबाट समस्याको समाधान गर्न सकिन्थ्यो, यसरी गुण्डागर्दी शैली देखिउँन मिल्छ ?,’ प्रश्न गर्दै राईले भने, ‘यस्तो गुण्डागर्दी शैली देखाउँनेको हामी कानूनी र राजनीतिक दुवै हिसावले प्रतिवाद गछौ, हामीलाई कमजोर नआँके हुन्छ ।’

अध्यक्ष राईले गुण्डागर्दी शैली देखाउँनेहरुलाई पक्राउ गरी कानूनी कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरे । सरकारी सम्पत्ती ध्वंस पारेर दादागिरी शैली देखाउँनेहरुलाई जनतामाझ गएर भण्डाफोर गर्ने उनले बताए । पत्रकारहरुले गरेको प्रश्नमा उनले पार्टीले हिंसात्मक गतिविधि भने नगर्ने स्पस्ट पारे । ‘जनतामाझ गएर उहाँहरुको हर्कत बताउँछौ, शान्तिपूर्ण र्याली, जुलुश गर्नसक्छौ, तर उहाँहरु जस्तो हिंसात्मक काम गर्दैनौ,’ अध्यक्ष राईले भने ।

काँग्रेस लगायत दलले गुण्डागर्दी शैली देखाएकाले धनकुटामा उनीहरुको राजनीतिक भविष्य समाप्त भएको उनले दावीसमेत गरेका छन् । वडागत बजेट सिलिङ्ग तोक्ने क्रममा राजनीतिक पूर्वाग्रहका आधारमा विभेद गरिएको भन्दै बिहिबार पाख्रीवास नगरपालिकाको आठौं नगरसभामा हुलदंगा र तोडफोड गरिएको थियो ।

यो पनि…

पाख्रीवासको नगरसभामा हुलदंगा र तोडफोड (भिडियोसहित)

error: Content is protected !!