विराटनगर । विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको चक्रघट्टी–७ का ३२ बर्षीय राजकुमार मगर छन् ।
मंगलबार साँझ साढे ६ बजे लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले खाने तेलको गिलेनमा राखेको लागुऔषधसहित मगरलाई पक्राउ गरेको हो । उनले बोकेको झोलाभित्र खाने तेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।
पक्राउ परेका मगरका विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।