धरान । सुनसरीको धरान उपमहानगरपालिका–११ सयपत्री चौकबाट प्रतिबन्धित औषधिसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २३ बर्षीय मुकेश कार्की छन् ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएका टोलीले गएराती उनलाई प्रतिबन्धित औषधि ओपोट्याव-२००० ट्याब्लेट, स्पास्मो-१२३० ट्याब्लेट र स्पास्मो फोक्सिबोन-२५० क्याप्सुलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















