संगालोखबर सम्वाददाता

मोरङ । मोरङको रंगेली नगरपालिका–७ रंगेली बजारमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा रतुवामाई–६ सौठाका ४२ बर्षीय तिलक राज खड्का छन् ।

Advertisement

बिहान करिव ९ बजे पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३४९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट खड्का गंभीर घाइते भएका थिए । उपचारका लागि रंगेली अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

टिपर र चालक धनपालथान–६ का ३९ बर्षीय विद्या सागर रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!