संगालोखबर सम्वाददाता

विराटनगर । नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) ले मजदुरलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई क्युपेक नेपालले कोरोनाविरुद्धको खोपसहित ६ बुँदे माग पत्र बुझाएको हो ।

त्यस्तै निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सबै मजदुरको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न हुने व्यवस्था गर्न पनि क्युपेकले माग गरेको छ । सात वटै प्रदेशमा आज विहान १० वजे एकै पटक ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले बाढी, पहिरोका कारण पीडित तथा प्रभावित भएका परिवारलाई उचित राहत प्याकेजको घोषणा हुनुपर्ने, जिल्ला दर रेटमा ट्रेड युनियनको प्रतिनिधि अनिवार्य हुनुपर्ने लगायतका माग सामाजिक विकास मन्त्री राईलाई बुझाइएको क्युपेक नेपाल १ नंं प्रदेश प्रमुख तथा केन्द्रिय कमिटी सचिव मुक्तिनाथ गिरीले जानकारी दिए । मन्त्री समक्ष गाउँ तथा नगरपालिकामा विकास निर्माणमा काम गर्ने मजदुरको अभिलेख राख्ने व्यवस्थाको थालनी गर्न स्थानीय तहलाई निर्देशित गर्नका लागि पनि ध्यानाकर्षण गराइएको उनले बताए ।

ज्ञापन पत्र बुझ्दै मन्त्री राईले श्रमिकको हकहितको पक्षमा आफु पनि रहेको बताइन् । उनले श्रमिक वर्गको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!