सुनसरी । सुनसरीको ईटहरी–१२ खनारको सोमबारे चोकमा भ्यानको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी–११ की ५६ बर्षीया गंगा ढकाल छन् ।
गएराती ९ बजे ईटहरीबाट दुहबीतर्फ जाँदै गरेको को.१० च. ५५७३ नम्बरको पिकअप भ्यानले ढकाललाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट उनी गंभीर घाइते भएकी थिइन् । विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा राती पौने ११ बजे उनको मृत्यु भएको हो ।
ठक्कर दिने भ्यान प्रहरीको नियन्त्रणमा छ भने चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।