संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३५७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४४ जनाको पीसीआर परीक्षण गर्दा १६२ महिला र १९५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा ७, तेह्रथुममा ४, इलाम र भोजपुरमा २/२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ३७, मेचीनगरमा १५, दमकमा १३, भद्रपुरमा १०, कनकाईमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, बाह्रदशीमा ३, गौरादह र शिवसताक्षीमा २/२ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ३६, बेलबारीमा २२, लेटाङमा १०, सुन्दरहरैंचामा ९, पथरीशनिश्चरेमा ५, उर्लाबारीमा ४, रतुवामाई, कटहरी, बुढीगंगा र कानेपोखरीमा २/२, सुनबर्षी, केराबारी, मिक्लाजुङ र धनपालथानमा १/१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै सुनसरीको इटहरीमा ४८, धरानमा २३, इनरुवामा २, बराहक्षेत्र, बर्जु, भोक्राहानरसिंह, गढी, दुहवी र रामधुनीमा १/१ र स्थानीय तह नखुलेका १०, पाँचथरको फिदिममा २७, कुम्बायकमा २ र याङवरकमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ४, लालीगुराँस, छथर जोरपाटी र स्थानीय तह नखुलेका १/१ जना संक्रमित भएका हुन् ।

यता, संखुवासभाको सभापोखरीमा ६ र खाँदबारीमा १, तेह्रथुमको म्याङलुङमा ४, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १/१, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङ, खोटाङको केपिलसगढी र उदयपुरको उदयपुरगढीमा १/१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ९६४ पुगेको छ । यसैबीच आज ९५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ भने ९ हजार ३७४ सक्रिय संक्रमित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!