संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाबाट चोरी भएको मोटरसाइकल संखुवासभामा फेला पारेको छ । धनकुटा नगरपालिका–६ पात्ले खोलास्थित घरबाटै चोरी भएको सुजन सुवेदीको को ३२ प ३३२० नम्बरको मोटरसाइकल संखुवासभाको पाचखपन–६ सकुवामा फेला परेको हो ।

Advertisement

मोटरसाइकल फेला परेपछि प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाचखपन नगरपालिका–६ का २१ बर्षीय किरण गदाललाई पक्राउ गरेको छ । पात्लेखोलास्थित सुवेदीको घरबाटै गत जेठ ८ गते राती मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल हराएपछि उनले खोजतलासका लागि प्रहरीमा उजुरी दिएका थिए ।

उजुरी परेपछि सम्भावित क्षेत्र र नाकाहरुमा प्रहरीले निगरानी बढाएर खोजी गरिरहेको थियो । सोही क्रममा मोटरसाइकल फेला परेपछि चोरीमा संलग्नलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो पनि…

धनकुटामा घरबाटै चोरी भयो मोटरसाइकल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!