मोरङ । मोरङको सुनवर्सी नगरपालिका–८ विश्वकर्मा चौकबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको ईटहरी–७ का ३५ बर्षीय सुजन भनिने ललित चौधरी, मोरङको कानेपोखरी–७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भनिने समिर चौधरी छन् ।
सोमबार साँझ ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको टोलीले दक्षिणबाट तीन जना चढेर आउँदै गरेको प्र.न.१–०२–०४५ प ३९७३ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट १४ ग्राम ब्राउन सुगर फेला पारेको हो । प्रहरीले मोटरसाईकलसहित तीनै जनालाई पक्राउ गरेको छ ।
त्यस्तै सोही स्थानबाट गएराती सवा ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ का २५ बर्षीय प्रकाश लिम्बु र २० बर्षीय बिमल तामाङ छन् । दक्षिणबाट आउँदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवार उनीहरुको साथबाट प्रहरीले डाइजेल्याव १० पिस २ मिलि लिटर, फेनारगन १० पिस २ मिलि लिटर, आइपील १० पिस र ट्रमोल २०० ट्याब्लेट बरामद गरेको छ । मोटरसाईकलसहित उनीहरुलाई प्रहरीले गरेको हो ।
पक्राउ परेका पाँचै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















