संगालोखबर सम्वाददाता
तस्वीर सौजन्यः कोकिला भण्डारी

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित मुलघाट नजिक आज बिहान सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहान करिव १० बजे हिलेबाट इटहरीतर्फ जाँदै गरेको नेपाली सेनाको दुई नम्बर बाहिनी अड्डा हिलेको प्र.३–३०१ ००१ ग ३७१९ नम्बरको गाडी र विपरित दिशाबाट आउँदै गरेको स्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ७८१२ नम्बरको गाडी आपसमा जुधेका हुन् ।

आपसमा ठक्कर खाँदा सेनाको गाडी सडकबाट करिव ३० मिटर तल खसेको छ । दुर्घटना परी नेपाली सेनाको गाडीमा सवार चौबीसे गाउँपालिका–४ का ४१ बर्षीय जम्दार बल बहादुर राई, पाख्रीबास नगरपालिका–८ का ३२ बर्षीय सिपाही राज कुमार राई, धनकुटा नगरपालिका–१ का ३६ बर्षीय सिपाही विमल कट्टेल, रामेछाप–११ का ४१ बर्षीय सिपाही पुस्कर परियार र गाडीका चालक मोरङको कानेपोखरीका ३५ बर्षीय अर्जुन पौडेल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत इटहरी आर्मी अस्पताल लगिएको छ ।

Advertisement

त्यस्तै स्वास्थ्य कार्यालयको गाडीका चालक सोलुखुम्बुको नेचा–४ का ३२ बर्षीय शिव बहादुर खड्का घाइते भएका छन् । जिल्ला अस्पतालमा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!