प्रदेश १ मा थपिए २५३ कोरोना संक्रमित
विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा २५३ जना कोरोना संक्रमित थपिएका छन् । १२८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका क्रममा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, संखुवासभामा ३, धनकुटामा २, ताप्लेजुङ र तेह्रथुममा १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्राल...





























