धनकुटामा एक हजारका २८ वटा नक्कली नोटसहित दुई जना पक्राउ, प्रहरी भन्छ ‘यो बिषयमा बोल्न मिल्दैन’
धनकुटा । धनकुटाबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–९ मुलघाटबाट सोमबार राती करिब ९ बजे एक हजारका २८ वटा नक्कली नोटसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी मुलघाटबाट सवारी चेकजाँचका लागि राजमार्गमा खटिएको प्रहरी टोलीले नक्कली नोटसहित युवाहरुलाई नियन्त्रणमा लिएको विश्वस्त स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । तर, जिल्ला प्रहरी कार्यालयले भने यो बिषयमा बता...





























