संगालोखबर सम्बाददाता

झापा । झापाको छुट्टा–छुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिकाका २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारतको दार्जिलिङका २४ बर्षीय रतन सिंह छन् ।

Advertisement

विहिबार राती अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक होटलबाट रोशन र सुमनलाई ६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनी खेल मैदान छेउबाट ५ ग्राम ब्राउन सुगरसहित रतनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!