- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–२ स्थित कोशी लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–७ का ५० बर्षीय आशराम माझी छन् ।

Advertisement

विहान सवा ८ बजे विराटनगरतर्फ जाँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो काट्न लागेको को ३४ प ९०६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक माझी गंभीर घाइते भएका थिए । उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पुर्याउने बित्तिकै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

बस र बसका चालक सिन्धुपाल्चोकको ईन्द्रावती–४ का ३० बर्षीय अशोक थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!