- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय खत्वे टोलकी ६५ बर्षीया ममनी देवी खत्वे छिन् ।

स्थानीय एक पोखरी छेउमा घाँस काट्ने क्रममा बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आएर उनको शरीरको विभिन्न भागमा कुल्चिएको थियो । हात्तीले कुल्चिँदा उनी घाइते भएकी थिइन् । स्थानीयले उनलाई घरतर्फ ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!