- संगालोखबर सम्वाददाता

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन थालेको छ । तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस, पैरवी गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्यांक संकलन गरि डाटाबेस तयार गरिने उद्योग संगठनले जनाएको छ ।

औद्योगिक सर्वेक्षण गरेर डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । औद्योगिक सर्वेक्षणमा सुनसरी र मोरङ गरि संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरुको सबै र बाँकी अन्य उद्योगहरुको समेत तथ्याकं लिइनेछ ।

उद्योगका विविध आयामहरु समेटिएका करिब १०० वटा प्रश्नहरु लिएर ५ जना गणकहरु तथ्याकं संकलनका लागि सबै उद्योग प्रतिष्ठानहरुमा जाने संगठनका महानिर्देशक चुडामणी भट्टराईले बताए । उनका अनुसार गणकहरुले मोवाइल एपबाट तथ्याकं संकलन गर्ने छन् र यसरी संकलन गरिएको तथ्याकंको गुणस्तरीयता अनलाइन बाटै मोनिटर गर्न सकिने छ ।

संगठनले तथ्यांकको गुणस्तरियतालाई मध्यनजर गर्दै गणकहरुलाई २ दिनको तालिम दिएको छ । फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसंगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याकं संकलनको काम असोज महिना भित्र सक्ने र मंसिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार गर्ने योजना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!