संगालोखबर सम्बाददाता
फायल तस्बीर

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–६ मा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सैतानपुरका २६ बर्षीय कामलिस माझी छन् ।

बुधबार साँझ स्थानीय त्रिजुगा खोलामा बिद्युतको लाईन लगेर करेन्ट लगाई माछा मार्ने क्रममा माझीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गंभीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!