- संगालोखबर सम्बाददाता

झापा । झापामा एक महिलाको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका–१ का ३७ बर्षीय लखन टुडु सतार, ५६ बर्षीय सिरी साईला भनिने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार छन् ।

Advertisement

झापा गाँउपालिका–१ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भनिने धोन्नी टुडुको हत्या आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । भदौ २५ गते वेवारिसे अवस्थामा झापा–१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाँउको, घाटी, पेट (कम्मर भन्दा माथीको भाग) र घुँडा भन्दा मुनीको भाग नभएको अवस्थामा लास फेला परेको थियो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोदको टोली घटनास्थल गएर घटनाको विषयमा अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उक्त शव धोन्नी टुडुको रहेको खुलेको थियो ।

शवको पहिचान भएपछि थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या गरेको पुष्टी गरेको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा चारै जनालाई असोज १ गते पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरु मृतकका आफन्त हुन् । उनीहरुबीच जग्गाको बिषयमा बिवाद हुँदै आएको थियो । सोही क्रममा भदौ २५ गते चारै जना मिलेर धोन्नीलाई माईखोला किनारमा लगेर शरीरका विभिन्न भाग काटी टुक्रा–टुक्रा पारेर खोलामा फालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा कानुनी कारबाही अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!