- संगालोखबर सम्वाददाता
फायल तस्बीर

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय ईन्द्र भट्टराई छन् ।

आइतबार साँझ ७ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ त ६३९९० नम्बरको ट्याक्टरले भट्टराईलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहर िकार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement

ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बुलाई ईलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!