- संगालोखबर सम्वाददाता

सोलुखुम्बु । सोलु लिखुपिके–५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा ढिस्कोले पुरेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । मृत्यु हुनेमा खोटाङका २८ बर्षीय रामकृष्ण राई छन् । त्यस्तै दोलखाको जिरी–२ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगाको मोलुङ–८ का २८ बर्षीय प्रविन्द्र राई घाइते भएका छन् ।

Advertisement

बिहान ३ बजे सुरुङमा काम गरिरहेको अवस्थामा ढिस्को झरेको थियो । ढिस्को करिव ४०० मिटर तल खस्दा घटनास्थलमै रामकृष्णको मृत्यु भएको हो । सोही ढिस्कोले पुरिएर जगत र प्रविन्द्र घाइते भएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौस्थित केएमसी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!