विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी–१३ का २३ बर्षीय सुशिल श्रेष्ठ छन् ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनलाई लागुऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।