- संगालोखबर सम्वाददाता
फायल तस्बीर

झापा । पूर्व–पश्चिम राजमार्गस्थित माइधारमा टिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्युपछि स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन् ।

को २ च २६३२ नम्बरको गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका–९ का ३९ वर्षीय नेत्र खड्काको मृत्यु भएको हो । प्रदेश–०३–००१–क ००९५ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीलाई पछाडिबाट ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो ।

Advertisement

माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेकाले गाडी स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गलत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको भन्दै ट्राफिक प्रहरीमाथि कारबाही माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!