- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ आत्मारा गोलाइस्थित कोशी राजमार्गमा मोटरसाइकल दुर्घटना भएको छ । धनकुटाबाट पात्लेखोलातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ६१७२ नम्बरको मोटरसाइकल गएराती करिब ९ बजे सडकमा पल्टिएको हो ।

Advertisement

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार धनकुटा–६ की ३५ बर्षीय फुलकुमारी राई घाइते भएकी छन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुँन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक सहिदभूमि गाउँपालिका–७ का २३ बर्षीय सुगिन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!