संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको इटहरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा इटहरी–२० का ३२ बर्षीय पुरुषको मृत्यु भएको हो ।

असोज २ गते संक्रमण पुष्टि भएका उनी ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचार कै क्रममा गएराती करिव १२ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।

Advertisement

उनमा डाउन सिण्ड्रोमको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!