- संगालोखबर सम्वाददाता

धनकुटा। धनकुटाको चौबिसे गाउँपालिका वडा नं. १ को सम्पर्क कार्यालय सौरे बजारमा स्थापना गरिएको छ । वडाबासीलाई सहज ढंगले वडाको सेवा प्रवाह गर्ने उद्देश्यले सम्पर्क कार्यालय खोलिएको हो ।

Advertisement

गाउँपालिकाको ठूलो वडा मध्ये वडा नं. १ पनि एक हो । त्यहाँको कुल जनसंख्या एक हजार ९२ छ । वडाबाट प्रदान गरिने सेवा सुविधा वडावासीहरुलाई सहज ढंगले पु¥याउने उद्देश्यले सम्पर्क कार्यालय खोलिएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् । उनका अनुसार सो सम्पर्क कार्यालयबाट हप्ताको दुई दिन आइतवार र सोमबार सेवा प्रवाह गरिनेछ ।

यसैबीच सौरे बजारमा सामुदायिक स्वास्थ्य इकाई पनि स्थापना गरिएको छ । चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले स्वास्थ्य इकाई र सम्पर्क कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् । सामुदायिक स्वास्थ्य इकाईबाट अन्य स्वास्थ्य चौकीहरुबाट प्रभाव गरिने सरहको स्वास्थ्य सेवा प्रदान गरिने वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए ।

राहत वितरण

कोभिड–१९ को संक्रमणबाट मृत्यू भएका वडा नं. १ का मिलनकुमार श्रेष्ठ र वडा नं. २ का डिल्लीप्रसाद याखाको परिवारलाई सोही अवसरमा प्रतिपरिवार नगद ३० हजारका दरले राहत वितरण पनि गरिएको छ ।

गत वर्षको वर्षात्का कारण विपद्मा परेका चौबिसे गाउँपालिका–१ का मानबहादुर गुरुङ, कृष्णकुमार विश्वकर्मा र हेमलाल श्रेष्ठको परिवारलाई प्रतिपरिवार नगद बीस हजारका दरले सहयोग रकमसमेत वितरण गरिएको उपाध्यक्ष रुचालले बताईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!