- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको सुन्दरहरैंचामा रुखको हाँगाले लाग्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुन्दरहरैंचा नगरपालिका–९ का ६३ बर्षीय डिल्ली दर्जी छन् ।

बिहान ७ बजे स्थानीय जनचेतना सामुदायिक वनमा सिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लाग्दा दर्जी गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!