संगालोखबर सम्वाददाता

विराटनगर । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले ३ हजार पिस मास्क वितरण गरेको छ । विराटनगरस्थित मानव सेवा आश्रम र पूर्वाञ्चल बाल आश्रम सेवालाई प्रेस सेन्टरले स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

Advertisement

पूर्वाञ्चल बालआश्रममा एक हजार ५ सय मास्क र सेनिटाइजर तथा मानव सेवा आश्रमलाई एक हजार ५ सय मास्क वितरण गरिएको प्रेस सेन्टर मोरङका सचिव हरि अधिकारीले जानकारी दिए ।

प्रेस सेन्टर प्रदेश १ का बरिष्ठ उपाध्यक्ष नवराज कट्टेल र मोरङका अध्यक्ष अर्जुनकुमार आचार्यले मास्क तथा सेनिटाइजर हस्तान्तरण गरेका छन् ।

पूर्वाञ्चल बाल आश्रममा ८० जना आश्रित बालबालिका छन् । यसैगरी मानव सेवा आश्रममा पनि ८० जना असाहय नागरिकलाई संरक्षण गरेर राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!