संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ पात्ले खोला नजिक आज साँझ मोटरसाइकल र स्कुटर आपसमा जुध्दा दुई जना घाइते भएका छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको प्र.१०२०४४ प १८२० नम्बरको स्कुटर र विपरित दिसावाट जाँदै गरेको प्र.१०२०४१ प ८४४९ नम्बरको मोटरसाइकल साँझ करिब ७ बजे आपसमा जुधेका हुन् ।

Advertisement

दुर्घटनामा परी मोटरसाइकलमा सवार धनकुटा नगरपालिका–७ का २२ बर्षीय सोवित राई र स्कुटरमा सवार पाख्रीवास नगरपालिका–७ की २४ बर्षीय वालकुमारी थापा घाइते भएको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि घाइते राईलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । थापालाई सामान्य उपचार पश्चात साँझ डिस्चार्ज गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!