- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका ९४ घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । वडा नं.१ र ३ का ३०/३० घर, वडा नं.२ का २३ र वडा नं.६ का ११ घर परिवारलाई जस्तापाता वितरण गरिएको हो ।

Advertisement

प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू, उपाध्यक्ष भीमकला श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत चुंडा बोहोरा, जिल्ला समन्वय समितिका सदस्य शिब आङ्ला लगायतले जस्तापाता हस्तान्तरण गरेका छन् ।

सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य राईले केपी ओली नेतृत्वको सरकारले धनकुटाको विकासका लागि बिनीयोजन गरेको १० अर्ब मध्ये ७ अर्ब रकम कटौती गरेर वर्तमान सरकारले जनतामाथि घात गरेको बताए । उनले गठबन्धन सरकारको जनविरोधी कामविरुद्ध जनता सचेत बन्नुपर्नेमा जोड दिए ।

‘गुणस्तरीय जीवनस्तरका लागि आवास सुधार कार्यक्रम’ अन्तर्गत संघीय हस्तान्तरित बिशेष अनुदान कार्यक्रमबाट जस्तापाता वितरण गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए । अनुदानमा प्राप्त ८३ लाख मध्ये टेन्डर प्रक्रियाबाट खरिद गरिएको ५७ लाख ३५ हजार ६ सय ५४ रुपैंयाँ बराबरको ४१० बण्डल जस्ता वितरण गरिएको हो ।

बाँकी वडा नं.४ र ५ मा जनता आवास कार्यक्रम अन्तर्गत १९० घरका लागि गत बर्षदेखि सुरु भएको जस्तापाता वितरण कार्यक्रम यो बर्ष पुरा हुनेछ । गत बर्ष दुबै वडाका ४०/४० घरलाई जस्तापाता दिइएको थियो । बाँकी रहेका ११० घरलाई जस्ता किन्न पहिलो किस्ता रकम सम्वन्धित ब्यक्तिको खातामा निकासा गरिएको प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!