संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचाररत उदयपुरको गाईघाटका २८ बर्षीय पुरुषको मृत्यु भएको हो ।

माघ १४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सोही दिन प्रतिष्ठानको कोभिड हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहिबार राती उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।

Advertisement

मृतकले कोरोना भाइरसविरुद्दको खोपको एक डोज लगाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!